मिस्टर एण्ड मिसेस लायन्स २०१८ हुने

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं क्रियटिभ युथको आयोजनामा पहिलोपटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ ।

नेपालमा रहेका ३३ हजार लायन्स माझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताएकी छन् ।

कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल शहरहरुमा अडिसन सुरु हुनेछ । पाँच शहरबाट करिब २५० जना लायन सदस्यहरुले उक्त अडिसनमा सहभागिता जनाउने अपेक्षा रहेको गुरुङले बताईन ।

कार्यक्रमका विजेताहरुलाई हंगकंग भ्रमण, रु। एक लाख नगद, म्युजिक भिडियोको लागि अवसर, ब्राण्ड एम्बेसेडर टाईटल।, लाईभ अन्तरवार्ता साथै पत्रपत्रिकामा समाचारमार्फत छाउने अवसर प्राप्त हुने आयोजकले बताएको छ। लायन्स क्लवका सदस्यहरुले मात्र यो प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन ।

प्रतिक्रिया