९ वर्षदेखि थन्कियो एक्सरे मेसिन

झापा । जिल्लाको एक प्राथमिक स्वास्थ्य केन्द्रमा ९ वर्षदेखि उपचार गर्ने एक्सरे मेसिन थन्किएर बसेको छ ।

एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिन थन्किएको हो । मेसिन सञ्चालन नहुँदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेसिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करिब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य भएका छन् ।

जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यले विसं २०६६ मा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको रु दुई लाखबाट एक्सरे मेशिन खरिद गरिएको थियो ।

तर खरिद गरेर ल्याइएको मेशिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । केन्द्रकी इन्चार्ज डा. विद्या पोखरेलले मेशिन चलाउने रेडियोग्राफर नहँुदा नियमित सञ्चालन गर्न नसकिएको बताइन् । उनले केन्द्रमा दरबन्दी थप नगरिँदा सो मेशिन चलाउन नसकिएको बताइन् ।

प्रतिक्रिया