मानिसले औसत ५ हजार अनुहार सम्झन सक्छ

दिल्ली । वैज्ञानिकहरूको एउटा नयाँ शोधले मानिसले ५ हजारसम्म अनुहार सम्झन सक्ने कुरा पत्ता लगाएका छन् । बेलायतको यार्क विश्वविद्यालयका शाधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कतिजनासम्मको अनुहार समझन सक्छन् भन्ने पत्ता लगाएका हुन् । उनीहरूको शोधमा सञ्चार माध्यममा देखेकार व्यक्तिगत जीवनमा देखेका अनुहार सामेल गरेका थिए ।

‘प्रोसेडिङ्स अफ द रोयल सोसाइटी बि’ पत्रिकामा प्रकाशित शोधमा एउटा आधार प्रस्ताव गरियो जसमा मानिसको अनुहारको तुलना अनुहार चिन्ने सफ्टवेयरबाट गरियो । यस्तो प्रविधिको प्रयोग एयरपोर्ट वा प्रहरी चेकजाँचमा गरिन्छ । यार्क विश्वविद्यालयका रोव जेनकिन्स भन्छन् ‘हाम्रो अध्ययन यो कुरामा केन्द्रित तियो कि मानिस साच्चै कतिको अनुहार चिन्छन् …. हामीले मानिसको मस्तिष्कले कतिको अनुहार चिन्न सक्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं ।’

शोधमा मानिसलाई एक घण्टामा ती मानिसको नाम लेख्न भनियो जो उनीहरूको जीवनसंग जोडिएका छन् । यसमा विद्यालय, कलेज, परिवारजनसमेत पर्दछन् । त्यसपछिउनीहरूलाई मसहुर हस्तीहरूको नाम लेख्न भनियो जो नेता, अभिनेता वा प्रसिद्ध व्यक्ति छन् । यो क्रममा सहभागिलाई पहिले त निकै मानिसको नाम आयो तर पछि अनुहार सम्झन निकै मुस्किल हुन थाल्यो । यसको परिणाम मानिसले एक हजारदेखि १० हजारकाबीचमा अनुहार चिन्न सक्छन् ।

प्रतिक्रिया