जोशी पुरस्कृत

 धनगढी । साहित्यकार तथा समाजसेवी पद्मराज जोशीलाई योगेश्वर कलासाहित्य पुरस्कार प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमबीच जोशीलाई २५ हजार रुपैयाँ नगदसहित ताम्रपत्रद्वारा सम्मान गरियो ।

नेपाली साहित्य र समाज सेवामा विशिष्ट योगदान पु¥याए भन्दै जोशीलाई पुरस्कार गरिएको जनाइएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष, गोदावरी महाकुम्भका योजनाकार तथा सामाजिक अभियन्ता जोशीले यस क्षेत्रको भाषा, साहित्य र धर्म संरक्षणमा योगदान दिएका छन् ।

साहित्कार जोशीले पुरस्कारले आफूलाई थप ऊर्जा मिलेको बताए । उनले भने, ‘यो सम्मानले थप हौसला मिलेको छ ।’

कार्यक्रममा मुख्यमन्त्री भट्टले कला र साहित्य समाजको शक्ति भएकाले स्रष्टाको सम्मान हुनु सराहनीय कार्य भएको बताए ।

उनले साहित्यले हरेक कुराको रचनात्मक ढंगले उजागर गर्ने महत्वपूर्ण पाटो भएको बताए । उनले भने, ‘साहित्य विनाको समाज र समाज विनाको साहित्य अधुरो छ । हामीले दुवैको संरक्षण गर्नुपर्छ । साथै हरेक साहित्यकार सकारात्मक रूपमा प्रस्तुत भएमा देशको समृद्धि सम्भव हुन्छ ।’

कार्यक्रममा नेपाली कला साहित्य डटकम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीलगायत देशभरका दर्जन बढी र स्थानीय साहित्यकारको पनि सहभागिता थियो । प्रतिष्ठानका उपाध्यक्ष एवं कवि राजेश्वर कार्कीले आफ्ना पिताको स्मृतिमा एक दशक अघि उक्त पुरस्कार स्थापना गरेका थिए ।

प्रतिक्रिया