सारिकाको दिल टुट्यो

काठमाडौं । गायिका तथा अभिनेत्री सारिका घिमिरेले ‘दिल टुटेको कसरी भनुँ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सारिकाकै शब्द, स्वर र संगीत रहेको उक्त गीतको भिडियो विरेन्द्र भाट ‘विपिन’ ले निर्देशन गरेका छन् । भिडियोलाई सुशिल डाँगीले छायांकन र विरेन्द्रले नै सम्पादन गरेका छन् ।

गत वर्ष मोहनी एल्बम सांगीतिक क्षेत्रमा होमिएकी अभिनेत्रीसमेत रहेकी सारिकाले गीतले युवाको मन जित्ने विश्वास लिएको बताइन् । अभिनय सँगसँगै गायनमा पनि व्यस्त रहेकी उनले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता हो । यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउन सक्छु ।’

प्रतिक्रिया