‘सेक्स’ को कुनै उमेरहद हुँदैन

नयाँदिल्ली । आयुष्मान खुराना फिल्म ‘बधाई हो’ मा आफ्ना बाबुआमाको सेक्स जीवन अझै क्रियाशील छ भन्ने मान्न तयार छैनन् । फिल्मको एक दृश्यमा खुराना भन्छन् ‘यो पनि काहीँ बाबुआमाले गर्ने कुरा हो ।’

हाँस्यरसले भरिएको यो दृश्यले दर्शकलाई हसाउने काम मात्र गरेको छैन, यसले युवा पुस्तामा ‘बाबुआमा ४०÷५० वर्षको उमेरमा कसरी सेक्स गर्न सक्छन् ?’ भन्ने प्रश्न उठाएको छ । यो फिल्मले युवाहरूका मनमा सेक्सबारे नयाँ बहस चलाएको छ ।

रूढीवादी सोच
धेरैजसो युवाहरू एक समयपछि भाइ÷बहिनी जन्मिनुलाई अचम्म मान्दछन्, त्यही केही युवाहरू यसलाई सामान्य मान्ने पनि छन् । तर प्रश्न के उठ्छ भने आधुनिक विचार राख्ने युवा पुस्ता आफ्नो अभिभावकको सेक्स जीवनमा किन यति संकिर्ण छन् ?
जवाफमा कलेजका विद्यार्थी मनोज गौंड भन्छन्, ‘तपाईं नै सोच्नोस् त, यति ठूलो भइसकेपछि जहाँ भाउजू सुत्केरी भएका, साथीहरूले बच्चा जन्माएकोे समाचार आइरहेको हुन्छ, त्यँही आमा गर्भवती भएकी छन्, भन्दा कस्तो लाग्छ ?’ हाम्रो यो उमेरमा हामी सेक्सका सबै कुरा बुझ्ने भएका छौँ भन्दै मनोज भन्छन्, ‘तर बाबुआमाको सेक्स जीवन अझै क्रियाशील छ भन्ने सोच्दा अचम्म लाग्छ ।’

के सेक्स पावर घट्छ ?
अभिभावकको सेक्स जीवनबारे सोध्दा २८ वर्षीय मुकुलको प्रतिप्रश्न छ ‘के त्यो उमेरमा सेक्स पावर कम हुँदैन ?’ यसबारे चर्चित सेक्सोलोजिस्ट डा. प्रकाश कोठारी भन्छन् ‘जबसम्म श्वासप्रश्वास चलेको हुन्छ, तबसम्म मानिसले सेक्स गर्न सक्छ, किनभने सेक्सको कुनै उमेरहद वा एक्सपायरी डेट हुँदैन ।

मसँग त ८८ वर्ष सम्मका मानिस आफ्नो सेक्स परफर्मेन्स बढाउन आउँछन् । हरेक वर्ष ५ देखि १० जना ८५र ९० वर्षका यस्ता मानिस मकहाँ आउँछन् ।’

सेक्स मानसिकतासँग सम्बन्धित छ
त्यसो भए के उमेर ढल्कँदा सेक्स पावर घट्दैन ? यसको उत्तरमा डा. कोठारी भन्छन् ‘सेक्सका लागि ७० प्रतिशत असर तपाईंको मानसिकताको पर्दछ । यसमा यदि कुनै वृद्धले सोच्यो कि अहिले म जवान छु, तब उसको क्रियाशीलता राम्रो हुन्छ ।

त्यही यदि कुनै जवान मानिसले आफू बुढो भएको सोच्छ भने उसको सेक्स परफर्मेन्स घट्छ । तर, ३०र४० प्रतिशत असर तपाईंको दिमागी स्थिति, तपार्इंको हार्मोनको स्थितिमा पनि निर्भर हुन्छ । तर, हर्मोनजस्ता समस्याका समाधान खानपिनले पनि गर्न सक्छ । रक्तसञ्चार कम भए भियाग्राको साहारा पनि लिन सकिन्छ ।’

त्यसकारण यसको अर्थ हो कुनै पनि उमेरमा सन्तान सुख प्राप्त गर्न सकिन्छ डा. कोठारी भन्छन्, ‘जहाँसम्म सन्तान पाउने उमेरको कुरा छ, पुरुष ९० वर्षको उमेरसम्म बाबु बन्न सक्छन् । तर, महिला त्यतिबेलासम्म आमा बन्न सक्छिन् जबसम्म उनको महिनावारी चल्छ । आमरूपमा यो उमेर ४०÷५० वर्षको हुन्छ ।’

प्रतिक्रिया