लुम्बिनी दर्शन गरी फर्किए पिया

बुटवल । म्यानमार सरकारका मन्त्री सहितको उच्चस्तरीय टोली बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरी फर्किएको छ ।

बिहीबार बिहान यती एयरलाइन्सको विमानबाट उनीहरू गौतमबुद्ध विमानस्थल भैरहवा ओर्लिएर लुम्बिनी पुगेका थिए । विमानस्थलमा रूपन्देहीका प्रहरी प्रमुख हृदय थापा र यती एयरलाइन्स भैरहवाका प्रमुख बासुकी राणा तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

भ्रमण टोलीमा सरकारी मन्त्री लेप्mटीनेल जनरल यार पियाको नेतृत्वमा तीन सरकारी मन्त्रीसहित १७ जनाको उच्चस्तरीय टोली लुम्बिनी पुगेको हो । उनीहरूले लुम्बिनीमा मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुका साथै दिनभरी लुम्बिनी रहेका अन्य मन्दिर र गुम्बाको अवलोकन गरेका थिए ।

गत महिना काठमाडाैँमा सम्पन्न बिमस्टेक सम्मेलनमा म्यानमारका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गरेपछि बिहीबार म्यानमारको उच्चस्तरीय टोली लुम्बिनी आइपुगेको हो ।

म्यानमारका राष्ट्रपतिले लुम्बिनीलाई उच्च प्राथमिकतामा राखेर भ्रमण गरेपछि म्यानमारबाट उच्चस्तरीय टोली लुम्बिनी आउने क्रम बढ्दै गएको छ । यस्ता उच्चस्तरीय भ्रमणले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा थप योगदान पुग्ने लुम्बिनीका स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया