भिडियो बन्यो गलपासो


मुम्बई । एकछिनको रमाइलोले भविष्यमा विपत्ति निम्त्याउँछ भन्ने अन्दाज गर्न नसक्दा बलिउड अभिनेत्री अलिसा खान यत्तिबेला तनावमा परेकी छन् । उनले विगतमा खिचेको सेक्स भिडियोका कारण टाउकोमा हात लगाउन बाध्य बनेकी हुन्। उनले उक्त भिडियो अरू कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर खिचेकी थिइन् ।

बिहेपश्चात् हाँसीमजाकमा केही समय बिताएका उनीहरूले खिचेको उक्त भिडियोले अहिले अलिसाको टाउको दुखाइरहेको छ । उनका पूर्वपति लब कमपुरले अहिले सो भिडियोलाई भाइरल गराइदिने भन्दै उनीसँग ब्ल्याकमेलिङ गरिरहेका छन् ।

यस बारेमा अलिसाले प्रहरीमा उजुरीसमेत दर्ता गरेकी छन् । उनले उजुरीमा आफूलाई नशालु पदार्थ खुवाएर लब कपुरले सेक्स गरेको दाबी गरेकी छन्। उनले लगाएको उक्त आरोप त्यत्ति दमदार नभए पनि एसएसपी वैभव सिंहले भने यसमा छानबिन गर्ने आदेश दिएका छन् ।

उनीहरूको आठ वर्षअघि फिल्मफेयर अवार्डका क्रममा भेट भएको थियो । उक्त भेटपछि उनीहरू नजिकिए र १७ जुन २०१६ मा एक मन्दिरमा गई बिहेसमेत गरे । साथै उनीहरूले बिहे दर्ता गराए । हनिमुन पनि मनाए । तर, केही समयपछि कपुरले अलिसालाई छाडिदिए ।

यसबीचमा उनीहरूबीच छोडपत्र पनि भयो । अलिसा नबाब गाजिउद्दिनको वंशज हुन् । उनले बलिउड चलचित्र ‘माई हस्बेन्ड वाइफ’ र ‘डर्टी डान्सर’ मा अभिनय गरेकी छन् । यतिबेला अलिसाको हातमा कुनै पनि चलचित्र छैनन् ।

एकछिनको रमाइलोका लागि आजकल कतिपय जोडी सेक्स भिडियो खिचेर मजा लिन चाहन्छन् । तर, पछि त्यही भिडियो उनीहरूका लागि गलपासो बन्न सक्छ भन्ने सोच्दैनन् ।

यही चपेटामा बलिउड अभिनेत्री अलिसा परेकी हुन् । यसले उनलाई अहिले पछुतो भएको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया