महात्मा गान्धीका मनन योग्य यी १० वचन

१) जो आफै सोच्न जान्दछन्, उसलाई कुनै शिक्षकको आवश्यकता पर्दैन ।

२) बाँच यसरी कि आज तिम्रो अन्तिम दिन हो, सिक यसरी कि तिमी सधैं रहनेछौं ।

३) यदी मसंग हाँसो हुदैनथ्यो भने, उहिल्यै आत्महत्या गरिसकेको हुन्थे ।

४) हाम्रो अनुमति विना हामीलाई कसैले नोक्सान पुर्याउन सक्दैन ।

५) मानिस जस्तो सोच्ने गर्छ, उस्तै हुन्छ ।

६) तपाई आफैं त्यो परिवर्तन बन्नुस, जस्तो तपाई संसारलाई देख्न चाहनुहुन्छ ।

७) यदी गल्ती गर्ने स्वतन्त्रता छैन भने त्यस्तो स्वतन्त्रताको कुनै अर्थ छैन ।

८) पहिले उसले तपाईलाई वास्तै गर्ने छैन । त्यसपछि उसले तपाईको मजाक उडाउने छ । त्यसपछि उसले तपाईसंग झगडा गर्नेछ त्यसपछि भने तपाईको जित हुनेछ ।

९) जहाँ प्रेम हुन्छ, त्यँही जीवन हुन्छ ।

१०) आँखाको बदला आँखाले सारा संसारलाई अन्धो बनाउँछ ।

प्रतिक्रिया