गीतमा मलेसियाको कहर

काठमाडौं । गायक अविरल मगर र गायिका सिर्जना पाण्डेको स्वरमा ‘पापी मलेसिया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक अविरल र जयराम तिमल्सिनाको शब्द रहेको यो गीतमा भिमराज गौतम ‘उदास’ ले संगीत भरेका छन् ।

जीवन भोगाइका क्रममा विविध बाधा, अड्चन आइपर्छन् । कहिलेकाहीँ अवस्था सोचेभन्दा विल्कुलै भिन्न बनिदिन्छ । यस्तै, घटनामा आधारित रहेर भिडियो बनेको छ । भिडियोलाई रक्षा म्युजिकले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

नारायण मगरले निर्देशन गरेको भिडियोमा प्रेम श्रेष्ठ, विनिता लामा, अमृत मगर, ज्योति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । भिडियोको पोस्ट प्रोडक्सन डिजिटल क्रियसन मिडियाले गरेको हो ।

प्रतिक्रिया