स्वास्थ्यकर्मीको मनपरीले सुत्केरीलाई मर्का

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको महाकाली स्वास्थ्य चौकीमा कर्मचारीले मनपरी तरिकाले काम गर्दा सुत्केरी हुने महिला समस्यामा पर्ने गरेका छन् । पछिल्लो समयमा स्वास्थ्यकर्मीले सेवाग्राहिलाई राम्रोसँग सेवा नदिरहेको स्थानीयको गुनासो बढदै गइरहेको छ । महाकाली स्वास्थ्य चौकीमा एकजना अहेब, एकजना हेल्थ असिस्टेन्ड र एक अनमी र एक मासिका कार्यरत छन् ।

सबै कर्मचारी एकैपटक बिदामा बस्दा एक सुत्केरीले स्वास्थ्य चौकीमै पनि घरमैजस्तो सुत्केरी भएकी स्थानीय ईश्वरबहादुर चन्दले जानकारी दिए । स्थानीय चन्दका अनुसार पञ्चेश्वर–२ की जानकी मंगोलाले व्यथा लागेपछि स्वास्थ्य संस्थामा आएको र स्वास्थ्य संस्था बन्द देखेपछि कार्यालय सहयोगीलाई बोलाएर स्वास्थ्य संस्था खोल्न लगाएको बताए । स्वास्थ्यकर्मीको सहयोगविना नै बच्चा भने स्वास्थ्य संस्थामा जन्मेको हो ।

आपूm लेखा परीक्षणका लागि बैतडी सदरमुकाम गएको र अरू स्टाफ पनि बिदामा गएका र मासिका घरबाट आउन ढिला भएकाले त्यो दिन त्यस्तो समस्या आएको महाकाली स्वास्थ्य चौकीका प्रमुख पूर्णबहादुर बराइलीले जानकारी दिए । प्रमुख बराइलीले भने, ‘मैले भनेको स्टाफ मान्दैनन् आफ्नै मनपरी गर्छन् म के गरूँ ? मैले त यसरी स्वस्थ्य संस्था नछोडनु भनेकै हो ।’

एकजना अनमी बीचमा छोडेर गएकीले यस्तो समस्या आएको हो । यस विषयमा सत्यतथ्य बुझेर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने पञ्चेश्वर–२ का वडा अध्यक्ष दशरथ मंगोलाले बताए ।

अध्यक्ष मंगोलाले भने, ‘हामी गाउँपालिकासँग अनमीको माग गर्छौं र नयाँ कर्मचारीको करारमा भएर पनि भर्ना गरेर अगामी दिनमा यस्तो समस्या आउन दिने छौनाँै ।’ पञ्चेश्वर गाउँपालिकाको यो वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेको छ । घोषणा भए पनि त्यो केवल कागजमा मात्रै सीमित छ ।

वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्दा स्वास्थ्य संस्थामा २४सै घण्टा स्वास्थ्यकर्मी उपलब्ध रहने, सबै गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी गराइनेजस्ता स्वास्थ्यका थुप्रै सूचकहरू पूरा गरेर वडालाई नै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । घोषणा गरेपछि न त स्वास्थ्य संस्थामा २४सै घण्टा स्वास्थ्यकर्मी हुन्छन् न त सबै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी हुन्छन् ।

प्रतिक्रिया