सानी देखेर हेपेको ?

उनी कक्षा–१२ मा गाउँकै कलेज पढ्थिन् । फोनमा कुरा हुन्थे । कहिले म उनको फोन उठाउन सक्दिनथेँ । उनी रिसाउँथिन् । केही दिनपछि म फकाउँथे । म तालिममा फलानो ठाउँ गएको थिएँ । तालिम चलिरहँदा तिम्रो फोन उठाउन नसकेको हो ।

उनले भन्थिन्, ‘मलाई पनि लानु पर्दैन ?’ म जवाफ दिन्थेँ ‘तालिम, गोष्ठीमा मलाई बोलाएका हुन्छन् । तिमीलाई लान कहाँ सम्भव हुन्छ र ?’ उनको जवाफ हुन्थ्यो, ‘छोरी वा नातिनीलाई यसो घुमाउन ल्याको भने भइहाल्यो नी ?

एक दिन मैले राती फोन गरेँ, ‘म सौराहामा छु । भोलि मनकामना जाने भए आऊ । म मुग्लिनमा पर्खन्छु ।’ उनले जवाफ दिइन्, ‘साँच्चै हो भने आउँछु ।’ मैले भनेँ, ‘तिमी बस चढेर आउ । यहाँ म बाइकमा छु । जाँदा बाइक छँदै छ । मलाई भेटेपछि पैसाको चिन्ता भएन ।’

भोलिपल्ट उनी १२ बजे मुग्लिनमा बसबाट झरिन् । अनि हामी मनकामना गयौँ । फर्कंदा बाटैमा रात प¥यो । उल्टो दिशाबाट आएका रात्रि बस र प्रकाशमा घुम्ने किराको आक्रमणले मैले बाइक चलाउनै नसक्ने भएँ ।

हामी हेटौँडाको एक सामान्य होटलमा बस्यौँ । कोठामा दुईटा खाट, एक/एक खाटमा पल्टियौँ । मैले उनको मनशाय बुझ्न चाहेँ । उनले हल्ला गरिदिने धम्की दिइन् । धम्कीले डराएको त होइन । आफू र उनको बीचको उमेरको फरकले मैले खासै जोडबल गरिनँ ।

अर्को दिन १० बजे हामी गाउँ आइपुग्यौँ । मैले चोकमा उनलाई ओराल्दै भनेँ, ‘मैले सँगै रात बिताए पनि तिमीलाई सकुशल ल्याइदिएँ ।’ उनले झर्कंदै जवाफ दिइन्, ‘सकुशल ! नबोल्नोस् ! सानी देखेर हेपेको होइन ?’ म उनलाई हे¥याहे¥यै भएँ । उनी भने मतिर एकपल्ट पनि फर्केर नहेरी भिडमा विलीन भइन् ।

प्रतिक्रिया