‘एन्फा निर्वाचनमा चरम अनियमितता’


काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)का नयाँ नेतृत्वले फुटबलको हितविपरीत कार्य गरेको सार्वजनिक भइरहेको छ । फिफाले आयोजना गरेको फिफा फुटबल कन्फेरेन्समा नेपालको टेक्निकल टिम पठाउनुपर्नेमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र उपेन्द्रमान सिंह लन्डनमा सहभागी हुनुले नेपाली फुटबल जगतमा निकै आलोचना भइरहेको छ ।

यसअघि पनि कर्माकै नेतृत्वमा रहेको एन्फाले विश्वकप फुटबलमा नेपालको लागि आएको टिकटमा चरम आर्थिक अनियमितताको आरोप लागेको थियो । जसमा चुनावमा कर्माछिरिङ नेतृत्वलाई खुलैर समर्थन गरेका कयौँ मतदाता विश्वकपमा सहभागी हुनुले पनि केही सत्यता प्रस्ट्याउँथ्यो ।

एन्फाको निर्वाचनमा अध्यक्षको प्रत्यासी रहेका पूर्वकार्यवहाक अध्यक्ष मणि कुँवरले निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शर्माले व्यापक अनियमितता रहेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।

उनले सोमबार पत्रकार सम्मेलनमार्फत चुनावमा प्रत्यक्ष रूपमा पैसा बाँड्ने, मतदातालाई चुनावलगत्तै युरोप भ्रमणको प्रलोभन, देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठुलो धनराशी खर्च गरेको र निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा देखाएको दाबी गरेका छन् ।

न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने र निर्वाचन दौरान मतदातालाई हवाई टिकट उपलब्ध गराएको प्रमाणसमेत आफूसँग रहेको जनाएका छन् । जसको कारण पनि गत २२ वैशाखमा भएको चुनावमा आफूले अन्तिम समयमा नाम फिर्ता लिनुपरेको स्पष्ट पारेका छन् ।

उनले भने ‘त्यही वेला व्यापक आर्थिक चलखेल भएको थाहा पाएँ । तर, प्रमाण थिएन । त्यसैले, चुनावमा भाग लिइनँ । जुन मैले यसअघि नै पत्रकार सम्मेलनमा बताइसकेको छु । मैले नाम फिर्ता लिएपछि मतदाता र नेपाली फुटबल समर्थक बेखुसी हुनुभयो । त्यतिवेला चुनावमा सहभागी हुन भनेका भ्रष्टाचारमा संलग्न हुनु थियो । जुन मैले चाहिन ।’

दक्षिण एसियाली फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष समेत कुँवरले अनियमिततामा अध्यक्ष शेर्पासहित उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र विदेशी नागरिक बनिसकेका नविन पाण्डेको प्रत्यक्ष संलग्न रहेको बताएका छन् । उनले जुन प्रमाण आफूसँग रहेको बताए ।

यद्यपि, अहिले सबै प्रमाण फिफा र एएफसीमा पठाइसकेको कुँवरले जानकारी दिँदै आवश्यक परे छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले एन्फा निर्वाचनमा भएको अनियमितता बारे राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा समेत जानकारी गराइसकेको बताएका छन् ।

साथै कुँवरले विदेशी नागरिक बनिसकेका नविन पाण्डेलाई फिफा कांग्रेसमा सहभागी गराउन निकै लज्जाबोध गराएको धारणासमेत व्यक्त गरे । लामो समय नेपाली फुटबल रहेका पूर्वकार्यवाहक अध्यक्ष कुँवरले छिट्टै नै फिफा, एएफसी र देशभित्रबाट अनुसन्धान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया