७५ प्रतिशत डिप्रेसनको कारक खराब हाकिम


वासिंगटन । यदि तपार्इं कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने तपार्इंको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईंको कार्यालय प्रमुखले तपार्इंसँग राम्रो व्यवहार गर्छ ।

क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिब ७५ प्रतिशत कामदारहरूको डिप्रेसनको मुख्य कारण उनीहरूको हाकिम भएको खुलासा भएको छ ।

हावर्ड बिजनेस स्कुल र स्ट्यानफोर्ड विश्व विद्यालयका शोधकर्ताहरूले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोटभन्दा बढी हानिकारक हुने देखाएको हो ।

तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ ।अनुसन्धानमा भनिएको छ, ‘खराब प्रवृत्तिको हाकिमले चुरोटभन्दा बढी हानि गर्छ, तपार्इं जति दबाब दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यति तपाईंको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ ।’

केही कर्मचारीहरू आफूले गर्दै आएको नोकरी जान्छ कि भन्ने पीरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ, ‘तपाईंको हाकिम राम्रो छ हरेक कुरामा सघाउछ तपाईंसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपार्इं हरेक काममा सफल बन्न सक्नुहुन्छ, तर खराब छ भने तपार्इंको भविष्य नै खतरामा पर्न सक्छ ।’

नराम्रो प्रवृत्तिको हाकिम सधैँ रिसाहा र हिंस्रक हुने जसले सधैँ ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरू यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरूसँग अहिलेसम्म नोकरी छ आफूलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिनसमेत म यहाँ भएन भने तिमीहरूले सम्पूर्ण कुरा बिगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ ।

प्रतिक्रिया