पन्त हत्या प्रकरणः डिआइजी बस्नेतको संयोजकत्वमा छानबिन समिति

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयले अर्काे समिति गठन गरेकाे छ । अाइतबार डिआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को ‘शक्तिशाली’ समिति गठन गर्दै प्रहरीले नयाँ शीरा घटना छानबिन गर्ने  तयार गरेकाे छ ।

प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । अहिले समितिमा एसएसी सुवेदी र निरजबहादुर शाही लगायतका सदस्य छन् ।

देशका विभिन्न ठाउँबाट आन्दोलन चर्केपछि प्रहरी अतिरिक्त महानिरीक्षक ‘एजआईजी’ बढुवामा सिफारिस भएका बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको प्रहरी हेड क्वार्टरले उल्लेख गरेको छ ।

प्रतिक्रिया