नयाँ सहरमा कहाँ के छ भन्ने यसरी पाउन सकिन्छ जानकारी एजेन्सी

काठमाडौं । प्राय हामी नयाँ सहरमा जाँदा कहाँ के छ भन्ने जानकारी नपाएर भौतिरिनु पर्छ । खानका लागि राम्रो होटल कहाँ छ, किराना पसल कहाँछ ? दैनिक जीवनसंग जोडिएका सेवाहरू कहाँ पाइन्छ भन्ने जानकारी हुँदैन । राम्रो र सस्तो सुविधा खोज्न धेरै मुस्किल पर्छ ।

अब गुगलले यसको पनि समाधान पहिल्याएको छ । गुगलले यसको डिजिटल समाधाकारूपमा ‘नेवरली एप’ प्रस्तुत गरेको छ । यसबाट आफू वरीपरीका सबै जानकारी एकअर्कालाई दिन सकिन्छ । संसारका करिव ६ भाषमा उपलब्ध यो एप चलाउदाँ मोवाइलमा टाइप गरिरहनु पनि पर्दैन । बोलेरै प्रश्न गर्न सकिन्छ ।

गुगलका युजर शाखा प्रवन्धक बेन फोहनरले भने यो एपले उपभोक्तालाई आफू वरीपरीका सेवार वस्तुहरूसंग डिजिटलरूपमा जाड्छ । यसमा प्रश्न गरेर सबै कुराको जानकारी पाउन सकिन्छ । यसले सूचनालाई लोकतान्त्रिकरण गरेको छ ।

प्रतिक्रिया