फाइल तस्बिर
काठमाडौँ । बिहीबार देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारेका छन् ।
चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा अनशनरत डा.गोविन्द केसीको माग सरकारले सुनुुवाइ नगरेको भन्दै नेपाल चिकित्सक संघको अगुुवाइमा आकस्मिक बाहेकका सेवा बन्द गराएको हो ।
संघले दिएको जानकारी अनुसार देशभरका सरकारी तथा नीजि अस्पताल, नर्सिङ होम, क्लिनिकमा आकस्मिकबाहेकको स्वास्थ्य सेवा दिइने छैन।
चिकित्सक संघले बिहीबार दिउँसो १२ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सरकारलाई दबाब दिइने बताएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले पनि माइतीघरमण्डलामा दिउँसो साढे १२ बजेपछि प्रदर्शन गर्ने जनाएको छ ।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ। बुधबार बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया