काठमाडौं । चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक लगायतका माग राखेर जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याउन लागिएको छ ।
डा. केसीको कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहे पनि पछिल्लो समय उनको अवस्था बिग्रँदै गएको छ । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको थियो । यहीबीच बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको छ ।
डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि ल्याउन लागेको समय बताइएको छैन । यद्यपि, उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडौं लैजान लागिएको भन्दै विरोध जनाएका छन् ।
चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।
प्रतिक्रिया