प्रत्येक वडाध्यक्षले देखिने किसिमको काम गर्नुपर्छ

स्थानीय तहका सबै जनप्रतिनिधिले आफ्नो क्षेत्रमा काम सुरु गरेका छन् । कति ठाउँको काम योजनामै सिमिति छ भने कति ठाउँमा आवश्यकता र क्षमता पहिचान भइरहेको छ । यीनै स्थानीय तह मध्येको एक हो काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ३ करोड बजेट विनियोजन गरेको छ । कान्छो नगरपालिका भएकाले कागेश्वरी मनोहरामा केही अवसर र धेरै चूनौती पनि छन् । प्रस्तुत छ, यीनै समसामयिक विषयमा सौर्यकर्मी सुभानु आचार्यले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापासँग गरेको कुराकानीको सम्पादित अंश

आर्थिक वर्ष ०७५÷७६ को बजेट विनियोजन पछि कागेश्वरी–मनोहरा नगरपालिकाले कसरी अघि बढ्ने सोच बनाएको छ ?

कागेश्वरी–मनोहरा नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ को बजेट दोस्रो नगरसभाबाट पास गरिसकेको छ । संविधानमा उल्लेख भएअनुसार १० असारदेखि छलफल भएको बजेट १३ असारमा पास गर्यौँ । कागेश्वरी–मनोहरा नगरपालिकाले आव ०७५÷७६ मा १ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । कागेश्वरी–मनोहरा नगरपालिकाको चालु पुँजी ३५ करोड छ । भने पुँजीगत खर्च ६८ करोड रहेको छ ।

यस नगरपालिकालले गौरवको आयोजना भनी पाँचदेखि सता वटा योजना बनाएको छ । गत साल बनाएका १३ वटा योजना सम्पन्न हुन बाँकी छन् । यी योजना पूर्ण गराउन टेन्डरको काम भइरहेको छ । कतिपय योजनाहरू यो साल पनि अगाडि बढेका छन् । बर्खामा काम गर्न असहज हुन्छ त्यसैले यो वर्ष साउन–भदौबाट टेन्डरको काम सुरु गर्नेछाैँ ।

उपभोक्ता समितिले पुस मसान्तसम्म टेन्डरको काम पास गरिसक्नुपर्नेछ । कर्मचारी तथा जनप्रतिनिधि दुवैले विकास निर्माणको काम बर्खायाममा गर्ने हुँदा कतिपय ठाउँमा यसले समस्या ल्याएको छ । बर्खामा हिलो र बाढी आउने हुनाले नगरवासीले बढी योजनाको माग बर्खामा गर्ने गरेका छन् । बर्खामा कच्चीबाटोमा नाली बग्ने हुँदा ग्राभेल हाल्ने र हिलो पुर्ने काम बढी हुन्छ ।

नगरपालिकाको कर्मागत योजना भनेको त्यसलाई व्यवस्थित रूपमा डिपिआर तयार गर्ने हो । निर्वाचित सदस्यहरूले एक वर्षको अनुभव बटुल्नुभएको छ । पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छौँ त्यसैले यो चालु वर्ष र अर्काे वर्ष भित्रमा नगरपालिकाले गर्नुपर्ने काम भरपुर रूपमा गरिसक्ने योजना बनाएका छौँ ।

नगरपालिकाले अघि बढाएका पुराना योजना के के हुन् ?
नगरपालिकाले गतवर्ष ‘एक वडा एक पार्क’ घोषणा गरेको थियो । एक करोडको हाराहारीमा दुई वटा वडामा पार्क बन्दै छ । एउटा वडा नं–५ मा टेन्डर भई सम्झौता हुँदै छ भने अर्काे वडा नं– ६ को पार्क निर्माण कार्यका लागि पास हुँदै छ । ‘एक वडा एक पार्क’ के लागि नगरपालिकाले त्यसमा दुई करोड रकम विनियोजन गरेको छ । नगरपालिकालले जनगणना सुरु गर्ने तयारी गरेको छ ।

०७८ को जनगणनामा घर नम्बर राख्ने र नक्सा बनाउने सम्झौता गरिसकेको छ । सडकहरू कालोपत्रे गर्न ठेक्कापट्टा भएको छ । सडक बिस्तारका लागि १३ वटा टेन्डर परिसकेको छ । नगरपालिकाले निर्माण गरेका पाँचदेखि सात वटा गौरवका योजनामा कागेश्वरी–मनोहरा पर्यटन पूर्वाधार विकासको लागि वडा नम्बर–१ मा पाँच करोडको डिपिआर तयार गरी सुरुआत गर्दैछौँ ।

नगरपालिकाको भवन निर्माणका लागि ५० करोडको योजना बनाएका छौँ । एउटा बाटोबाट दुई÷तीन वटा वडा छुन सक्ने खालको गान्धीदेखि तेजविनायक चोकसम्म सडक निर्माणको लागि पाँच करोडदेखि ५० कारोडको डिपिआर तयार गरिसकेका छौँ ।

चार वर्षको कार्याकाल कसरी अघि बढाउने तयारी गर्नुभएको छ ?
म साविक गोठाटार गाविसको पूर्व अध्यक्ष हुँ । जनप्रतिनिधिको अनुभव विगतदेखि नै थियो । स्थानीय सरकार गठन भएपछि कागेश्वरी–मनोहरा नगरपालिका ०७१ मा घोषणा भएको नयाँ नगरपालिका हो । यो ६ वटा गाविस मिसिएर बनेको छ । गोठाटार, मूलपानी र डाँछी तीन वटा गाविस निर्वाचन क्षेत्र नम्बर–२ मा पर्छ भने बाँकीरहेका भद्रवास, आलापोट र गागल निर्वाचन क्षेत्र नम्बर–३ मा पर्छ ।

एक वर्षीय अनुभवमा यस नगरपालिकाका ५० जना सदस्यले धेरै नै अनुभव बटुलिसक्नुभएको छ । कानुन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, महिला विकास शाखादेखि सबै कुरा नगरपालिकामा आवश्यक भएका छन् । कार्यालय व्यवस्थापन गर्नुपर्ने र भाडामा लिनुपर्नेछ । यस नगरपालिकामा भएको नौ वटा वडा कार्यालयमा ६ वटा वडा कार्यालयको भवन भएको तर तीन वटाको वडा भवन छैन ।

विनियोजित १० करोड रकम मध्ये नगरपालिकाले तीन वटा वडामा तीन करोड र बाँकी साँच करोड रकमले भवन सुरुआत गर्ने योजना क्रमागत रूपमा राखेका छौँ । एक वर्षको अनुभवले धेरै कुरा सिकाएको छ । १५ वर्ष खालि हेको स्थानीय निकाय कर्मचारीले चलाएको कार्यालय सन्तुलनमा ल्याउनुपर्नेछ । एक वर्षको अनुभवले सिकाएको कुरालाई व्यवहारमा लागू गर्नुपर्नेछ ।

यस नगरपालिकाको समस्या र चुनौती के के हुन् ?
यस नगरपालिकाकाको समस्या र चुनौती भनेको चाबहिल–साँखुको सडक हो । यो सडक निर्माण गर्ने जिम्मेवारी नेपाल सरकार सडक विस्तारले लिएको योजना हो । मौजाद रकमको कुराले सडक विस्तार गर्ने काम रोकिएको छ । चाबहिल–साँखुको सडक निर्माण तथा विस्तार हुँदा आधा समस्या समाधान हुन्छ । चाबहिल–साँखुको सडक निर्माण तथा विस्तारको लागि एक वर्ष समय थपिएको छ ।

अर्काे वर्ष यो सडक निर्माणले पूर्णता पाउनेछ । दैनिक ५०औँ हजार मानिसले चाबहिल–साँखुको सडक वारपार गर्ने गरेका छन् । सडक निर्माण हुन नसक्दा नगरपालिकाले दोष पाएको छ । तर, त्यस सडक निर्माणमा नगरपालिकाको केही दायित्व पर्न आउँदैन । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गर्दा मुआब्जा दिने र सडक निर्माण गर्ने जिम्मेवारी ठेकेदारलाई दिएको छ ।

नगरपालिकासँग सडक विस्तारको लागि उपयुक्त बजेट भने छैन । हामीले चाबहिल–साँखुको सडक निर्माण गराउन सक्दैनौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले टेन्डरमा पारेको कामलाई फेरबदल गर्न मिल्दैन । यो सरकारी निकायबाट हुने काम हो ।

एक वर्षभित्र गरेको कामको मूल्यांकन जनताले कसरी गरिरहेका छन् जस्तो लाग्छ ?
गत साल २२ करोड चालुगत र ४१ करोड पुँजीगत खर्च थियो । झन्डैझन्डै ३५ करोडको जिम्मेवारी लिइसकेका छौँ । काम गर्ने तर त्यसको कुनै औचित्य नराख्ने भएकाले काम सम्पन्न भएको नदेखिएको हो ।

भू–उपयोग नीति कुन ठाउँमा के गर्ने भन्ने कुरामा योजना बनाउनुपर्नेछ । स्वास्थ्यमा के गर्ने भनी दुई वटा ब्रर्थिङ सेन्टर र एउटा अस्पतालको योजना बनाएका छौँ। शिक्षाको क्षेत्रमा हेर्ने हो भने निजी विद्यालयलाई व्यवस्थापन गर्नुपर्नेछ ।

नगरपालिकाले समग्र विकास गर्नुपर्ने हुँदा मानिसमा चेतना ल्याउने र शिक्षामा सुधार गर्नुपर्नेछ । हाम्रो कामको मूल्यांकन त अर्काे जनप्रतिनिधि नआई हुँदैन। नगरपालिका गठनपछि कर्मचारीको तुलनामा जनप्रतिनिधिले धेरै सुविधा जनतालाई दिएका छौँ।

वडाबाटै विभिन्न काम होस् भनी सेवा तथा सुविधा विस्तार गरेका छौँ । नगरपालिकाले चलाएको रकम जनतालाई बुझाउन वेलावेलामा आम्दानी र खर्च सार्वजनिक गरेका छौँ ।

नगरपालिकाले गरेका विभिन्न कामको विवरण वेब साइडमा राखी जनतालाई अध्ययन गर्ने अवसर दिएका छौँ ।

नगरपालिकाबाट जनताले कस्तो किसिमको अपेक्षा राखेका छन् ?
विकसित देशमा त जनताको माग हुन्छ । यस नगरपालिकाका जनतामा माग हुनु कुनै नौलो कुरा हैन । यस नगरपालिकाका जनताले नगरपालिकासँग सडक निर्माणको माग गरेका छन् । केन्द्रीय स्तरका दुई वटा सडक निर्माण गर्न रोकिएका छन् । चार वटा सडक निर्माण गराउन हामी लागिपरेका छौँ । नारायणटारदेखि मिलनचोकसम्म ४६ सय मिटरको बाटो छ ।

पहिलो निर्माण हुन लागेको नारायणटारदेखि मिलनचोकसम्मको सडकका लागि ३० करोड टेन्डरको आह्वान भएको छ । जनताले सडक मर्मतको काम छिटो सम्पन्न होस् भन्ने चाहेका छन् । ३० करोडको टेन्डरमा २५ करोडको काम भइरहेको छ । चाबहिल–साँखु सडकको निर्माण जनताको मुख्य माग हो । कागेश्वरी चक्रपथ सडक निर्माणको माग जनताले अघि बढाएका छन् ।

शाखाबाटाहरू विस्तारको लागि ५०÷५० योजना अघि बढ्दा तीन करोड रकम प्रयोग हुने अनुमान गरेका छाैँ । सडकमा ब्लकटप छाप्ने र ढलान गर्ने काम धमाधम अघि बढेको छ । नगरपालिकाले हाल ८०–२० को कार्यक्रम गरिरहेको छ । बजेट सीमित छ तर जनताको चाहना भने असीमित हुन्छन् ।

कागेश्वरी–मनोहरा नगरपालिकाको आवश्यकता के के हुन् ?
नगरपालिकाको मुख्य आवश्यकता शुद्ध खानेपानी हो । शिक्षामा गुणस्तर ल्याउनुपर्ने छ । फोहोरमैला व्यवस्थापन गर्नुपर्नेछ । सडक शिक्षा, स्वास्थ्य, आदिमा जोड दिनुपर्नेछ । स्रोत सीमित छन् तर मानिसको चाहना भने असीमित छन् त्यसैले बिस्तारै अघि बढ्नुपर्ने छ ।

नेपाल सरकारको पालामा ‘क’ वर्गमा परेका गाविसले ५० देखि ६० लाख पाउँथे तर हाल भने एउटा वडालाई २ करोड ३३ लाख रकम दिएका छौँ । जनसंख्याको आधारमा ४०, भूगोलको आधारमा ३० र राजस्व उठेको आधारमा ३० प्रतिशत रकम विनियोजन गरेका छौँ । वडाले बढीमा दुई करोड र कममा १ करोड २५ लाख बजेट पाएका छन् । एउटा वडाको भागमा १० लाख बराबरको योजना राख्ने अवसर दिएका थियौँ ।

हाम्रो नगरपालिकाले वैज्ञानिक तरिकाबाट नीति तथा कार्यक्रम पास गरेको छ । निर्वाचित भएर पदमा आएपछि प्रत्येक वडाध्यक्षले सकभर देखिने किसिमको काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

करको व्यवस्था कुन हिसाबमा अघि बढाएको छ ?
कर प्रणाली लागू गर्नुपूर्व आर्थिक ऐनमा पास गर्नुपर्छ । कतिपय कर नेपाल सरकारले तोकेको भरमा लिनुपर्छ भन्ने मान्यता छ । कति कर भने एकीकृत रूपमा लिनुपर्छ भन्ने नियम पनि छ । घरजग्गामा यस नगरपालिकाले सम्पती कर लगाउन लागेको छ । एक करोड जग्गा बराबरको मूल्यांकन हुनेले वार्षिक पाँच सय रुपैयाँ तिर्ने हुनुपर्छ । यस नगरपालिकाको जग्गाको बारेमा पूर्व मूल्यांकन गर्नेछ ।

नगरपालिकाको एक आना जग्गा भविष्यमा २५ लाखभन्दा माथि पर्न जान्छ । आनाको हिसाबमा कर तिर्ने नियम बनाउन लागेका छौँ । १ साउनदेखि आनाको हिसाबमा कर तिर्ने प्रणाली लागू हुनेछ । उद्योग, पसल दर्ता गर्दा नगरपालिकाले दरभन्दा दायरा बढाउनुपर्छ भन्नेतर्फ योजना अघि बढेको छ । यस वर्षको पुससम्ममा जनगणना सकीसक्ने योजना छ ।

यो नगरपालिका मध्यपुर ठिमी, भक्तपुर, ललितपुर र काठमाडौं महानगरपालिकाजस्तो पुरानो नगरपालिका हैन । धेरै कुराबाट यस नगरपालिकाको विकास गर्नुपर्नेछ । यो नगरपालिका बिल्कुलै नयाँ नगरपालिका हो । हामी विस्तारै व्यवस्थित हुँदै छौ । ६ वटा गाविस गाभिएर बनेको यो नगरपालिकालमा ६ तवरका माग आउँछन् ।

यस नगरपालिकाको अवसर र चुनौती के के हुन् ?
साँघुरो बाटो र अस्तव्यस्त ढल नै यस नगरपालिकाका मुख्य चुनौतीहरू हुन् । गोठाटार, मूलपानी र डाँछी यी तिन वटा साविकको गाविसमा तीव्र गतिमा सहरीकरण बढिरहेका छन् । सहरीकरणलाई व्यवस्थित गर्नुपर्ने एउटा चुनौती देखिन्छ । गागल, भद्रवास र आलापोट १, २ र ३ वडाबाट कृषि र पर्यटनलाई अघि बढाउन चाहेका छौँ । यसलाई भू–उपयोग नीतिमा लान सकियो भने राम्रो हुनेछ ।

एकीकृत बस्ती निर्माणका लागि गोकर्णेश्वर र शंखरापुर नगरपालिकासँग मिलेर काम गरिरहेका छौँ । बाग्मती नदी र मनोहर नदीको दायाँबायाँ सफा पार्ने योजना छ । यस नगरपालिकामा स्मार्ट सिटी निर्माण गर्दै छौँ । पर्यटन पूर्वाधार अघि बढाउन शिवपुरीदेखि जर्सिङ्पौवासम्म विभिन्न काम गर्ने योजना बनाएका छौँ ।

पूर्वमा शंखरापुर, पश्चिममा गोकर्णेश्वर र दक्षिणमा मध्यपुर ठिमी नगरपालिका पर्छ । नगरपालिकाभित्र विपत् व्यवस्थापन देखिँदा के गरी निराकरण गर्न सक्छौँ भन्ने विषयमा लागिपरेका छौँ । तीन वटा नगरपालिका मिलाएर दमकल राख्ने सोच बनाएका छौँ । संघीय सरकारले जडिबुटीदेखि काठमाडौंसम्म बस्ती विस्तार गर्ने योजना ल्याएको छ ।

नगरपालिकामा भएका खानीहरूको अवस्था कस्तो छ ?
यस नगरपालिकामा ढुंगा खानी र इँटा भट्टा छैन । यो नगरपालिकाभित्र बालुवा खानी मात्र छ । यहाँ भएका बालुवा खानीलाई माटोविहीन गराई बजारीकरण गर्न सकिन्छ । बालुवा वास गराई कम्पनी तथा उद्योगले बेचबिखन गर्नुपर्ने देखिन्छ । बालुवा खानी व्यवस्थित बनाउन समाधान खोज्नुपर्ने देखिन्छ ।

यस नगरपालिकाबाट उत्पादित कच्चा पदार्थ र खानीलाई व्यवस्थित गराउनुपर्ने छ । बालुवा तथा ढुंगा खानीलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरेका छौँ । खानीले छिमेकी तथा अन्य कामदारलाई असर पुर्याउनबाट रोक्नुपर्नेछ । पर्ति जग्गा बेचबिखन गर्न पाउने नीति ल्याएका छाैँ।

पार्क वा फुटबल ग्राउन्ड बनाउने तयारी भएको छ । वन व्यवस्थित बनाउने र अनावश्यक घाँसपात मास्ने काम गर्ने योजना छ । नगरपालिकामा भएका खानी नजिकै बसपार्क अथवा पार्क बनाउने योजना छ । पर्तिजग्गा ओगटेको क्षेत्र वडा नम्बर–१ मा डाँडैडाँडा छ त्यसैले हालसम्म कुनै समस्या ल्याएको छैन ।

यस नगरपालिकाले ल्याएका गौरवका योजनाहरू के के हुन् ?
यस नगरपालिकाले ल्याएका गौरवका योजनाहरू चाबहिल–साँखुको सडक निर्माण गर्नु हो । तीन वटा वडा मिलेर बनेको यस नगरपालिकामा व्यवस्थित सहरीकरण गर्ने । सडक, ढल र पानीको पूर्ति गराउने सोच अघि बढेको छ । वडा १, २ र ३ मा पर्यटन पूर्वाधारको विकास गर्नेछाैँ। कागेश्वरी क्षेत्रमा प्रत्यक वर्ष मेला लाग्ने गर्छ ।

यस क्षेत्रमा पर्यटन पूर्वाधारको जोड दिँदा धेरै राजस्व संकलन हुने देखिन्छ। यस क्षेत्रमा पर्यटन विस्तार गराउन पाँच करोडको डिपिआर बनाएका छौँ । नगरपालिका विकासका लागि पाँच वर्षीय गुरुयोजना बनाउँदै छौँ । यस नगरपालिकाले कार्यान्वयन गराउने खालको गुरुयोजना तयार पार्दै छ ।

विज्ञ र समाजसेवी व्यक्तिको आसयका साथ नगरपालिकालाई आवश्यक पर्ने योजना तयार पार्दै छौँ । एकीकृत सहरी विकासको आयोजनामा यो नगरपालिका अघि बढेको छ । सहरी विकास मन्त्रालयले कहाँ जंगल राख्ने, कहाँ औद्योगिक क्षेत्र निर्माण गर्ने र कहाँ कृषियोग्य जमिन घोषणा गर्ने भनी योजना बनाउँदै छ ।

यस नगरपालिकामा रहेका कुन क्षेत्रले पर्यटन विस्तारमा सहयोग पुर्याउँछन् ?
कागेश्वरी क्षेत्र नै यस नगरपालिकाको पर्यटन विस्तारको मुख्य क्षेत्र हो । यस नगरपालिकाभित्र गोकर्ण रिसोर्ट पर्छ । गोकर्ण रिसोर्टको क्रिक्रेट मैदानलाई व्यवस्थित बनाउनेछौँ । हालको वडा नम्बर–७ मा १ सय १० रोपनी जग्गाा त्यसै खाली छ त्यसलाई नयाँ योजना ल्याउनेछाैँ।

वडा नम्वर–८ मा पशुपति क्षेत्र विकास कोष पर्छ त्यहाँ पाँच सय रोपनी जग्गा छ त्यसलाई पर्यटन विस्तारमा अघि बढायने योजना छ ।  गोकर्ण रिसोर्टमा क्रिकेट मैदान र गल्फ कोर्ट बनाउने गुरुयोजना अघि बढेको छ । गागल क्षेत्र कागेश्वरी–मनोहरा नगरपालिकाको ठूलो वडा हो । यसमा पनि पर्यटन विस्तारका निकै सम्भावना छन् । धार्मिक पर्यटन विस्तारको लागि पाँच करोडको योजना अघि बढाएका छाैँ ।

नगरवासीको तर्फबाट कस्तो किसिमको सहयोगको अपेच्छा गर्नुभएको छ ?
यो नगरपालिका स्वच्छ, सफा, हराभरा बनाउने भन्ने घोषणा भइसकेको छ । यस नगरपालिका निर्माण गर्न ५० जना जनप्रतिनिधि मात्र लागेर हुँदैन त्यसमा सबैले साथ दिनुपर्ने हुन्छ । यस नगरपालिकाका जनप्रतिनिधि जनताप्रति उतरदायी रहेका छन् । नगरपालिकाले ल्याएका योजनामा जनताले सहयोग र समर्थन गरिदिँदा अन्य निकै योजना ल्याउनेछौँ ।

नगरवासीको सहयोगविना नगरपालिका प्रमुखले काम गर्न सक्दैन त्यसैले सबैले साथ दिनुहुन्छ भन्ने लागेको छ । सबैको सहयोग र साथको अपेक्षा नगरपालिका प्रमुखले हरदम गर्नेछ । यस नगरपालिका भित्रको आन्तरिक आय कति छ भनी नगरवासीले सदैव सोच्नुपर्ने कुरा हो । भोलि हामी आफ्नो खुट्टामा आफैँ उभिने गरी योजना बनाउनै पर्नेछ ।

सबै नगरवासीलाई सेवा सुविधा दिएर नगरपालिकाले कर लगाउने योजना सारेको हो ।  नगरपालिकाले जनतालाई विभिन्न योजना पासमा सहयोग गर्नुपर्छ । नगरवासीले नगरपालिका र वडालाई सदैव सल्लाह र सुझाव दिँदा धेरै राम्रो हुनेछ ।

पानीको समस्या यस नगरपालिकामा छ कि छैन ?
पानीको समस्या एक राष्ट्रिय समस्या हो । यो हरेक नगरपालिकाको पहिलो समस्याजस्तो मलाई लाग्छ । कागेश्वरीमा मेलम्चीको पानी ल्याउने योजना अघि बढको छ । ०४५ सालमा यस नगरपालिकाको मूलपानी, डाँछी र भद्रवासमा खानेपानी आएको हो।भैमाल खानेपानी अयोजना र काँडाघारी खानेपानी आयोजना पनि यसै नगरपालिकाभित्र रहेका छन् ।

खानेपानी समस्या पूर्तिका लागि यस नगरपालिकाले झन्डै चार कारोडको टेन्डर निकालेको छ । ५०–५० लाखको डाँछी र भद्रवासमा योजना परेका छन् भने अर्काे योजना काँडाघारी खानेपानीको लागि हो । यसमा तीन करोडको योजना निकालेका छौँ ।

प्रतिक्रिया