नाइजिरियाः किसान र गोठालाबीच हिंसामा ८६ को मृत्यु

एजेन्सी । नाइजिरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा सुरु भएको हो । शनिवारको प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको छ ।

भूमिका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा साम्प्रदायिक हिंसाको लामो इतिहास रहिआएको छ।

घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। उक्त घटनापछि गाउँहरूमा गरिएका खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताए। उनका अनुसार ५० वटा घरका साथै १५ वटा मोटरसाइकल र दुईवटा गाडी पनि जलाइएको छ।

लागोसस्थित बीबीसीका संवाददाताका अनुसार पुरानो द्वन्द्व क्रूरताको नयाँ तहमा पुगेको छ।

जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका दृष्टान्त छन्।

तर आक्रमण र प्रत्याक्रमणका घटना अहिले साम्प्रदायिक लडाइँमा परिणत हुन थालेका छन्।

गत वर्ष त्यस्ता आक्रमण र प्रत्याक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन्। युद्धको हतियारका रूपमा प्रयोग भएका महिला, फिरन्ते गोठालाहरू फुलानी आदिवासी हुन् जसमध्ये अधिकांश मुस्लिम छन् भने किसानहरू मुख्यतया ईसाई हुन्।

प्रतिक्रिया