जिम्बाव्वेका राष्ट्रपति लक्षित विस्फोट

एजेन्सी । जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ।

विस्फोटमा राष्ट्रपति मनाङगाग्वालाई कुनै चोट नलागे पनि त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्।

उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्।

देशको दोस्रो ठूलो शहर बुलावायोमा चुनावी र्‍यालीपछि मञ्चबाट उनी निस्किँदै गर्दा उक्त विस्फोट भएको थियो। ग्रिनेड जस्तो देखिने विस्फोटक पदार्थ सीधै उनको समूहतर्फ प्रहार गरिएको थियो।

प्रतिक्रिया