किन चर्चामा छ विश्वकप फुटबल २०१८ ?

-हरि लम्साल  फुटबलको जन्म बेलायतमा शताब्दीअघि भए पनि अहिले जुन फुटबल देखेका छौँ, जानेका छौँ, फुटबल आ–आफ्नै बाटोतर्फ अगाडि बढ्दा यहाँसम्म आइपुगेको हो । बेलायती फुटबल संघ विश्वकै पहिलो फुटबल संगठन हो । त्यसपछि बीसौँ शताब्दीतिर आइपुगेर फेडरेसन इन्टरनेसनल फुटबल एसोसिएसन (फिफा) बन्यो । सन् १९३० मा विश्वकपको पहिलो संस्करण भयो र त्यसपछि हरेक चार वर्षको अवधिमा निरन्तर भइरहेको छ ।

तर, विश्वयुद्धका कारण दुईपटक १९४२ र १९४६ मा विश्वकप भएन । रक्षापंक्ति र अग्रपंक्तिमा खेल्नु नै फुटबल हो । रक्षापंक्तिले गोलबाट जोगाउने प्रयास गर्छ भने अग्रपंक्तिले सबभन्दा धेरै गोल गर्ने कोसिस गर्छ । विश्वकप फुटबल खेलाडीको ठूलो चाडपर्वजस्तै हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खेल भनेपछि हुरुक्कै हुने पाराका छन् ।

जतिवेला विश्वकप २०१८ को उद्घाटन खेलमा रुस लुजनिकी स्टेडियममा साउदी अरेबियाविरुद्ध उत्रँदा पुटिन पनि दर्शक थिए ।  फिफा अध्यक्ष जियानी इन्फान्टिनो रुसमा पुगेर भने, ‘विश्वकप २०१८ अहिलेसम्म आयोजना भएका फुटबलका विश्वकपमध्ये उत्कृष्ट हुनेछ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो टिमबाट ठूलै आश गर्दै भनेका छन्, ‘रुसी टिमको प्रदर्शन ठोस् हुनुपर्छ, जबरजस्त हुनुपर्छ ।

रुसी खेलाडीले डराउनुपर्ने केही छैन । टिमले यस्तो फुटबल खेलोस्, जुन रुसी प्रशंसकलाई मन परोस् ।’ विश्वकपको खेल कूटनीतिमा यसपल्ट पुटिन बस्नेछन् कि ? विश्वकपका लागि भनेर रुसले १३ बिलियन डलर खर्च गरिसकेको छ । विश्वकप इतिहासमा यो खर्चको कीर्तिमान नै हो । यही खर्चको मद्दतले विश्वकपका खेल आयोजना गर्ने ११ सहरको मुहार फेरिएको छ, रंगशालालाई अत्याधुनिक बनाइएको छ ।  शोभियत संघको विघटनयता ती सहरले नयाँ जुग हेर्न पाएका छन् ।

विश्वकपका लागि भनेर १२ रंगशालालाई नयाँ जीवन दिइएको छ । रुसी फुटबल हुल्याहा र रंगभेदी व्यवहारलाई निमन्त्रणा र खुवी प्रदर्शनसाथ विश्वकप फुटबल २०१८ सफल बनोस् । विश्वकप फुटबल २०१८ को रंगशालामा लु जनिकी स्टेडियममा ८१ हजार दर्शक क्षमता छ भने २०१८ को विश्वकपका लागि पुनर्निर्माण गरिएको हो । यो स्टेडियममा उद्घाटन मात्रै होइन  फाइनल खेल पनि हुनेछ भने एक सेमिफाइनल खेलसमेत कुल ७ खेल हुनेछ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा दर्शक क्षमता ६४ हजार २ सय ८७ रहेको छ भने सेमिफाइनल र तेस्रो स्थानको खेलसहित ७ खेल हुनेछ । फिस्ट स्टेडियममा ४७ हजार ६ सय ५९ दर्शक संख्या रहेको र समूह चरणका ४ तथा प्रि–क्वार्टरफाइनल र क्वाटरफाइनलका १–१ खेल हुनेछन् । भोल्गोग्राडएरेनामा दर्शक संख्या ४५ हजार ५ सय ६८ रहेको रंगशालामा समूह चरणका ४ खेल हुनेछन् ।

स्पार्ट स्टेडियममा दर्शक संख्या ४५ हजार ३ सय ६० रहेको समूह चरणका ४ र प्रि–क्वार्टरफाइनलका १ खेल खेलाइने छ । रोस्टोम एरेनामा ४५ हजार दर्शक रहेको र समूह चरणका ४ तथा अन्तिम १६ को १ खेल हुनेछ । समारा एरेनामा दर्शक संख्या ४४ हजार ९ सय १८ रहेको र समूह चरणका ४ खेल तथा प्रि–क्वाटर र क्वाटर फाइनलको १–१ खेल हुनेछ ।

कजान एरेनामा ४५ हजार ३ सय ७९ दर्शक संख्या रहेको र समूह चरणको ४ तथा प्रि–क्वाटरफाइनल र क्वार्टरफाइनलको १–१ खेल हुनेछ । निज्नी नोभगोरोडमा ४४ हजार ८ सय ९९ दर्शक संख्या रहेको र समूह चरणका ४ तथा अन्तिम १६ र क्वार्टरफाइनल १–१ खेल हुनेछ । मोर्दोभिया एरेनामा ४४ हजार ४ सय १२ दर्शक संख्या रहेको रंगशालामा समूह चरणका ४ खेल हुनेछन् ।

कालिनिम्मार्ड स्टेडियममा ३५ हजार दुई सय १२ दर्शक संख्या रहेको र लिग चरणका ४ खेल खेलाइने छ । एकातेरिनकर्त एदेनामा ३५ हजार दर्शक संख्या रहेको र लिग चरणमा ४ खेल खेलाइने छ । विश्वकप इतिहास हेर्दा उरुग्वेबाट सुरु भएको १९३० मा उरुग्वे विजेता बनेको थियो भने उपविजेता अर्जेन्टिना भएको थियो । त्यसपछि इटालीमा १९३४ मा भएको खेलमा इटाली नै विजेता बनेको र उपविजेतामा चेकोस्लोभाकिया बनेको थियो ।

फ्रान्समा १९३८ मा भएको खेलमा इटाली विजेता र हंगेरी उपविजेता भएको थियो । ब्राजिलमा १९५० मा भएको खेलमा उरुग्गे विजेता, ब्राजिल उपविजेता, स्विजरल्यान्डमा १९५४ मा भएको खेलमा जर्मनी विजेता, हंगेरी उपविजेता, स्वीडेनमा १९५८ मा भएको खेलमा ब्राजिल विजेता, स्वीडेन उपविजेता, चिलीमा १९६२ मा भएको खेलमा ब्राजिल विजेता, चेकोस्लाभाकिया उपविजेता, इंगल्यान्डमा १९६६ मा भएको खेलमा इंगल्यान्ड विजेता र पश्चिम जर्मनी उपबिजेता बनेको थियो ।

मेक्सिकोमा १९७० मा भएको खेलमा ब्राजिल विजेता र इटाली उपविजेता, जर्मनीमा १९७४ मा भएको खेलमा पश्चिम जर्मनी विजेता र नेटरल्यान्डस् उपविजेता, अर्जेन्टिनामा १९७८ मा भएको खेलमा अर्जेन्टिना विजेता र नेदरल्यान्डस् उपविजेता, स्पेनमा १९८२ मा भएको खेलमा इटाली विजेता, पश्चिम जर्मनी उपविजेता, मेक्सिकोमा १९८६ मा भएको खेलमा अर्जेन्टिना विजेता, जर्मनी उपविजेता, इटालीमा १९९० मा भएको खेलमा जर्मनी विजेता, अर्जेन्टिना उपविजेता बनेको थियो ।

अमेरिकामा १९९४ मा भएको खेलमा ब्राजिल विजेता, इटाली उपविजेता, जापान–कोरियामा २००२ मा भएको खेलमा ब्राजिल विजेता, जर्मनी उपविजेता, जर्मनीमा २००६ मा भएको खेलमा इटाली विजेता, फ्रान्स उपविजेता, दक्षिण अफ्रिकामा २०१० मा भएको खेलमा स्पेन विजेता, नेदरल्याण्डस् उपविजेता, ब्राजिलमा २०१४ मा भएको खेलमा जर्मनी विजेता र अर्जेन्टिना उपविजेता बनेको थियो ।

यस्तै गोल्डेन बुट बिजेतामा १९३० गुइलेमो स्टाविल (अर्जेन्टिना) ८ गोल, १९३४ मा ओल्डरिच नेजेडली (चेकोस्लोभाकिया) ५ गोल, १९३८ मा लिओनिडास (ब्राजिल) ७ गोल, १९५० मा एडेमिर (ब्राजिल) ८ गोल, १९५४ मा सान्डोर कोकसिस (हंगेरी) ११ गोल, १९५८ मा जस्ट फान्टेन (फ्रान्स) १३ गोल, १९६२ मा संयुक्त ६ खेलाडीलाई ४ गोल, १९६६ मा इसेवियो (पोर्चुगल) ९ गोल, १९७० मा गर्ड मुलर (जर्मनी) १० गोल, १९७४ मा ग्रजेगोर्ज लाटो (पोल्यान्ड) ७ गोल, १९७८ मा मारिओ केम्पस (अर्जेन्टिना) ६ गोल, १९८२ मा पाउलो रोसी (इटाली) ६ गोल, १९८६ मा ग्यारी लिनेकर (इंगल्यान्ड) ६ गोल, १९९० मा सालमाटोर सिलाची (इटाली) ६ गोल, १९९४ मा ओलेग सालेन्को (रुस) र हिस्टी स्टोइच्कोव (बुल्गेरिया) ६ गते, संयुक्त, १९९८ मा डाभोर सुकर (क्रोएसिया) ६ गोल, २००२ मा रोनाल्डो (ब्राजिल) ८ गोल, २००६ मा मिरोस्लाभ क्लोज (जर्मनी) ५ गोल, २०१० मा थोमस मुलर (जर्मनी) ५ गोल र २०१४ मा हामेस रोड्रिग्वेज (कोलम्बिया) ६ गोल गरी पाएका थिए ।

त्यस्तै, गोल्डेन बल बिजेतामा १९८२ मा पाउलो रमी (ब्राजिल), १९८६ मा डिएगो म्याराडोना (अर्जेन्टिना), ११९० मा साल्भाटोर सिलाची (इटाली), १९९४ मा रोमोरियो (ब्राजिल), १९९८ मा रोनाल्डो (ब्राजिल), २००२ मा आलिभर कान (जर्मनी), २००६ मा जिनेदिन जिदान (फ्रान्स), २०१० मा डिएगो फोर्नाल्डो (उरुग्वे), २०१४ मा लियोनल मेसी (अर्जेन्टिना) रहेका थिए ।

विश्वकप फुटवल २०१८ को उद्घाटन र प्रथम खेल ०७५ जेठ ३१ गते ८.४५ बजे रुस र साउदी अरेबियाबाट सुरु भएको थियो  भने असार ६ गते ५ः४५ बजे पोर्चुगल र मोरक्को, ८ः४५ बजे उरुग्वे र साउदी अरेबिया, ११ः४५ बजे इरान र स्पेनबीच भएकाने थियो । असार ७ गते ५.४५ बजे डेनमार्क र अस्ट्रेलिया, ८.४५ बजे फ्रान्स र पेरु र ११.४५ बजे अर्जेन्टिना र क्रोएसियाको भएको थियो ।

असार ८ गते ५.४५ बजे ब्राजिल र कोस्टारिका, ८.४५ बजे नाइजेरिया र आइसल्यान्ड, ११.४५ बजे सर्बिया र स्वीटजरल्यान्ड, असार ९ गते ५.४५ बजे बेल्जियम र टुयनिसिया, ८.४५ बजे द.कोरिया र मेक्सिको र ११.४५ बजे जर्मनी र स्विडेनको हुनेछ । असार १० मा ५.४५ बजे इंगल्यान्ड र पानामा, ८ः४५ बजे जापान र सेनेगल, ११ः४५ बजे पोल्यान्ड र कोलम्बिया, असार ११ मा ७.४५ बजे उरुग्वे र रुस, ७.४५ बजे साउदी अरेबिया र इजिप्ट, ११.४५ बजे स्पेन र मोरक्को र ११.४५ बजे इरान र पोर्चुगलको हुनेछ ।

असार १२ मा ७.४५ मा अस्ट्रेलिया र पेरु, ७.४५ मै डेनमार्क र फ्रान्स, ११४५ मा नाइजेरिया र अर्जेन्टिना, ११.४५ मै आइसल्यान्ड र क्रोएसिया, १३ असारमा ७.४५ बजे द.कोरिया र जर्मनी, ७.४५ मै मेक्सिको र स्वीडेन, ११.४५ मा सर्बिया र ब्राजिल, ११.४५ मै स्वीजरल्यान्ड र कोस्टारिकाको हुनेछ भने असार १४ मा ७.४५ बजे जापान र पोल्यान्ड, ७.४५ मै सेनेगल र कोलम्बिया, ११.४५ मा पानामा र ट्युनिसिया, ११.४५ मै इंगल्यान्ड र बेल्जियमको हुनेछ ।

त्यसपछि प्रि क्वाटर, क्वाटर फाइनल, सेमी फाइनल र असार ३१ गते ११.४५ बजे फाइनल खेल सम्पन्न हुनेछ ।

प्रतिक्रिया