डा. उपेन्द्र देवकोटा संस्थापक रहेकाे न्युरो अस्पतालको नाम फेरियो

काठमाडौ । बासबारीमा रहेको न्युरो अस्पतालका संंस्थापक डा. उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम फेरिएको छ ।

अस्पतलको नाम अघि डा. उपेन्द्र देवकोटा थपेर नयाँ नामाकरण गरिएको छ । अब अस्पतालको नाम ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ । यसअघि उक्त अस्पतलको नाम ‘‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो ।

बुधवार कम्पनी रजिष्टारको कार्यालयले नयाँ नामसहतिको दर्ता प्रमाणपत्र दिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार डा. देवकोटा जीवित रहँदै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएकोले उतिबेलै प्रक्रिया अघि बढेको थियो ।
नाम परिवर्तनका अन्य कागजी प्रक्रियाहरु बाँकी छ ।

नेपालकै जेठो वीर अस्पतालमा न्युरोलोजी विभाग स्थापना गर्नं महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्री अध्यक्ष थिए ।

स्रोतका अनुसार अब डा मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा अस्पताल सञ्चालन हुनेछ ।

प्रतिक्रिया