‘टपलेस’ भएर नुहाउन पाउने कि नपाउने ? मतदानबाट पैसला

एजेन्सी । स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवादमा अन्ततः मतदानमार्फत् निर्णय भएको छ । उक्त विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ ।

प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा टपलेस भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयको निर्णय मतदानमार्फत गरिएको हो ।

टपलेस भएर नुहाउन पाउनुपर्छ भन्नेहरुको पक्षमा ६१ प्रतिशत र विपक्षमा ३९ प्रतिशत नतिजा आएको बीबीसीले लेखेको छ । उक्त गाउँ बार्सिलोनाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्दछ । यो गाउँमा करिब आठ हजार जनसंख्या छ ।

महिलाहरुको दबावमा मतदान

स्थानीय क्याटलोन प्रशासनले यस मतदानको व्यवस्था गरेको थियो । यसको नतिजा कानुनीरुपमा १६ वर्षभन्दा बढी उमेरका महिलाहरुमा लागू हुने छ ।

हालै गर्मीको बेला जब दुई महिला कुनै स्विमिङ पुलमा टपलेस भएर नुहाइरहेका थिए, त्यहाँ रहेका लाइफ गार्डले प्रहरीमा खबर गरे । प्रहरी त्यहाँ पुगेर प्रहरीले तुरुन्त बिकिनी टप लगाउन भन्यो ।

यो घटनापछि टपलेस हुन पाउनुपर्ने पक्षमा रहेकाहरुले प्रहरी र प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु गरे । अर्कोतिर टपलेस हुनु हुँदैन भन्ने सन्देश दिन गाउँका पुरुष र महिलाहरुको समूह बिकिनी टप लगाएर स्विमिङ पुलमा पुगे । त्यहि बेलाबाट मानिसहरुले यसको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्ने आवाज उठाएका थिए ।

प्रतिक्रिया