‘देशको तराई क्षेत्रदेखि लिएर मुलुकका विभिन्न सहरी क्षेत्रहरूमा खर्बुजाको माग दिनप्रति दिन बढ्दो रूपमा एकातिर छ भने अर्कोतिर त्यसैगरी, देशको एक मात्र राजधानी काठमाडौं बढ्दो गर्मीसँगै दैनिक ९० मेट्रिक टनभन्दा बढी भारतीय खर्बुजा भित्रिने गरेको तथ्यांकले देखाएको छ’
नेपाल कृषि प्रधान देश हुनुको साथसाथै ६५.७ प्रतिशत जनता यसमा निर्भर रहेका छन् । देशको अर्थतन्त्र कृषिमा आधारित छ । देशको प्रमुख औद्योगिक उत्पादनमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण छ । देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशतको हाराहारीमा रहेको छ ।
आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य भएकोले लगानी मार्फत कृषिमा आधुनिकीकरण तथा बजार प्रवद्र्धनमा सहयोग पुर्याउन खोजिएको हो । राष्ट्रिय आयको ३८ प्रतिशत भन्दा बढी योगदान कृषिक्षेत्रबाट नै प्राप्त हुन्छ । वैदेशिक व्यापारको निकासी योग्य वस्तुहरूमा अधिकांश कृषिसँग नै सम्बन्धित छ । प्रथम पञ्च वर्षीय योजनाकालदेखि सातौँ पञ्चवर्षीय योजनाकालसम्म कृषिलाई प्रथम प्राथमिकता दिँदै आएको कुरा स्पष्ट छ । यसरी कृषि विकासको लागि ठूलो धनराशी खर्च भएता पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
जबसम्म कृषिको चौतर्फी विकास हुन सक्दैन तबसम्म देशको चौर्तफी विकास हुन सक्दैन् । कृषिको विकास नभएसम्म प्रशस्त खाद्यान्न उत्पादन हुन सक्दैन । हाम्रो देशमा बढ्दो जनसंख्याको कारणले गर्दा प्रतिव्यक्ति खाद्यान्न उत्पादकत्वमा वृद्धि गर्नुपर्ने आजको समयको माग हो । विश्वव्यापीकरणले गर्दा सम्पूर्ण आर्थिक क्षेत्रमा आमूल परिवर्तन आएको यस शताब्दीमा कृषि क्षेत्रलाई पनि यस्तो परिवर्तनले उल्लेखनीय रूपमा प्रभाव पारेको छ ।
बालीनाली, तरकारी, फलफूल र पशुपंक्षीको किसिम, खेतीपाती गर्ने तौरतरिकादेखि लिएर मानिसको स्वाद, चाहना र आकांक्षासमेतमा ठूलो परिवर्तन आएको छ । यस्ता परिवर्तनले हाम्रा सामु ठूलो चुनौती र अवसरहरू देखिएका छन् । मुलुकमा यातायात क्षेत्र क्रान्तिकारी विकास, भौगोलिक परिवेशले उपलब्ध गराएको हावापानीको अवसर र आधुनिक प्रविधिहरूको सदुपयोगबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुनिश्चित गर्न सकिने सम्भावना छ ।
विश्वमा चर्किदो खाद्य संकटले गर्दा धन कमाउन सबैभन्दा सम्भावना भएको क्षेत्र कृषि हो । यसमा पनि फलफूल खेतीको सम्भावना नेपालमा धेरै देखिएको छ । यसमा मुलुकको भू–बनोटलाई अवलोकन गर्ने हो भने पनि अधिकांश भाग पहाडै पहाडले भरिएको छ । यसले गर्दा ती डाँडाकाँडामा फलफूल खेती गर्न सकिएको खण्डमा ठूलो धनराशी भुक्तानी छिमेकी मुलुकहरू भारत र चीनलाई दिनुपर्ने थिएन ।
हाम्रो देशमा उत्पादित फलफूलबाट नै देशको माग बमोजिमको फलफूल आपूर्ति गर्न सकिने थियो । यी फलफूलमध्ये खर्बुजा पनि एक किसिमको महत्वपूर्ण रूपको फलफूल हो । देशको तराई क्षेत्रदेखि लिएर मुलुकका विभिन्न सहरी क्षेत्रहरूमा खर्बुजाको माग दिनप्रतिदिन बढ्दो रूपमा एकातिर छ भने अर्कोतिर त्यसै गरी देशको एक मात्र राजधानी काठमाडौं बढ्दो गर्मीसँगै दैनिक ९० मेट्रिक टनभन्दा बढी भारतीय खर्बुजा भित्रिने गरेको तथ्यांकले देखाएको छ ।
मुलुकमा मौसम परिवर्तनसँगै बजारमा खर्बुजाको माग अत्यधिक भए पनि हाल नेपाली उत्पादन भने न्यून रहेको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । यो एक किसिमको गर्मीका लागि उपयुक्त मानिने फलफूल हो । यो हाल कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ४० देखि ५० मेट्रिक टन भित्रिने गरेको अनुमान गरिएको छ ।
त्यस्तै, बल्खुमा दैनिक ३० देखि ४० मेट्रिक टन भारतीय खर्बुजा भित्रिने गरेको नेपाल फलफूल व्यवसायी संघ बल्खुले जनाएको छ । हाम्रो मुलुकको कुरा गर्ने हो भने विशेष गरेर तराईका जिल्लाहरूमा जनकपुर, झापा, वीरगञ्ज, महोत्तरीलगायतका जिल्लाबाट सिजनअनुसार खर्बुजा उपत्यकामा भित्रिने गरे पनि त्यसले वार्षिक १५ देखि २० दिनको मात्र बजारको माग आपूर्ति गर्न सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ ।
देशको विभिन्न जिल्लाबाट आयात गरिने खर्बुजाले उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिने कारण वर्षैभरि भारतबाट आयात गर्नुपर्ने बाध्यता टड्कारो रूपमा देखा परेको छ । नेपालको सबैभन्दा ठूलो मानिने कालिमाटी तरकारी तथा फलफूल थोक बजार, बल्खु फलफूल थोक बजार र बालाजुलगायतका बजारमा खर्बुजा प्रतिकिलो २५ देखि ३० रूपैयाँ थोक मूल्यमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
त्यस्तै, गरी भारतीय बजारमा भने प्रतिकिलो सातदेखि आठ रूपैयाँमा आयात गरेर ल्याउने भए पनि जिविस, गाविसलगायत विभिन्न क्लब र समूहले अनियमितरूपमा बाटो कर असुल्ने गरेको हुनाले राजधानी ल्याएर दोब्बर मूल्यमा बिक्री गर्नुपरेको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यो एक ट्रिपमा खर्बुजामा १५ देखि १८ मेट्रिक टन मात्र आयात गर्न सकिन्छ तर भारतदेखि नेपाली बजारसम्म सामान ल्याइपुर्याउँदा बाटोमा कर मात्र पाँच हजारदेखि १५ हजारसम्म कर तिर्नुपर्छ ।
यसको लागि राज्यले जुन ठाउँबाट उत्पादित वस्तु आयात गर्यो सोही ठाउँमा मात्र कर तिरे पुग्ने कानुनी प्रावधान भए पनि कृषक तथा सम्बन्धीत व्यवसायीहरूलाई निकै नै राहत हुने थियो । यसलाई कृषि विकास गर्ने कृषि मन्त्रालयले प्रभावकारी अनुगमन गर्न नसक्दा कृषक एवं उपभोक्ताहरू दुवै मारमा पर्दै आएका छन् । समग्रमा भन्नुपर्दा हाम्रो देशमा विभिन्न किसिमका फलफूलहरूको खेती हुन्छ । यसमध्ये खर्बुजा तथा तर्बुजा फलफूल गर्मीको लागि उपयुक्त फल हो ।
देशका विभिन्न भागहरूमा गर्मी समयमा यसको माग बढी रहेको हुन्छ । यसले केही हदमा भए पनि गर्मी हटाउने गर्दछ । यसको प्रयोग दिनहुँ बढ्दो रूपमा भएको पाइन्छ । यसले गर्दा यसको मूल्यमा पनि वृद्धि भएको छ । यसकारणले गर्दा मुलुकको विभिन्न सहरी क्षेत्रमा यसको माग दिनहुँ बढ्दै गएको छ ।
यसको खेती प्रायः गरी तराईका बिस जिल्लालगायत पहाडी भेगमा पनि आयआर्जनको रूपमा खेती गरिएको पाइन्छ । मुलुकका सानास्तरका कृषकहरूको लागि थोरै पुँजीमा यसको खेती गर्न सकिन्छ । विशेष रूपमा राजधानी काठमाडौँमा मात्रै १ सय ५० मेट्रिक टनको माग रहेको अनुमान गरिएको छ ।
यसमा १०० मेट्रिक टन भारतीय बजार र छ भने स्वदेशमा उत्पादन ५० मेट्रिक टन खर्बुजा हुने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । खर्बुजा उत्पादनका साधनहरू जस्तै भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र यस व्यवसायबाट धेरैभन्दा धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा व्यावसायिक कृषकलाई सिकाउनुपर्छ ।
कृषि उत्पादन अर्थशास्त्र एउटा यस्तो व्यावहारिक ज्ञान हो जसले कृषि व्यवसायमा उत्पादनका साधनहरूलाई आपसमा कुन स्तरमा मिलाउने अथवा साधनहरूलाई कुन अनुपातमा राख्ने भन्ने कुरा थाहा पाउनुपर्छ । जसले गर्दा प्रतिइकाई उत्पादन वृद्धि गर्न सकिन्छ । जसले गर्दा आयआर्जन वृद्धि गरी कृषकहरूको जीवनस्तर उकास्न मद्दत पुर्याउने हुन्छ ।
यसर्थ, कृषि विकास गर्ने निकायको रूपमा रहेको सरकारको कृषि विकास मन्त्रालयले वेलैमा मुलुकको खर्बुजाको मागलाई आपूर्ति गर्न सकिने खालको यसको खेती विस्तार गर्नुपर्ने आजको टड्कारो आवश्यकता एकातिर छ भने अर्कोतिर छिमेकी मुलुकहरूबाट आयात गर्ने खर्बुजालाई प्रतिस्थापन गरी स्वदेशी खर्बुजाको उत्पादनमा जोड दिनुपर्ने सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ ।
यसबाट नै देशको ठूलो धनराशी विदेशलाई भुक्तानी गर्नुपर्ने हुन्थ्यो । तर यसलाई रोकी स्वदेशमा नै स–सानास्तरका किसानहरूबाट यस्ता किसिमको खर्बुजा खेतीको क्षेत्रफल बढाउन सकेको खण्डमा यसको उत्पादनमा विस्तार गर्न सके रोजगारीको साथसाथै प्रतिव्यक्ति आयसमेत वृद्धि हुने कुराको कसैको पनि दुईमत नहोला ।
प्रतिक्रिया