–विश्वनाथ खरेल धूमपान मानवको शरीरलाई हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि यसको सेवन गर्नु कतिको मूर्खता हो यो आफैँमा बुझ्नुपर्ने कुरा हो । यसको साथै भावना, स्वास्थ अनि जीवनको धारलाई जीवनदेखि मृत्युसम्म कायम राख्ने अविचलीत अंग संयन्त्र मुटुलाई सूर्तिजन्य पर्दाथको सेवनले थप भार नदिऔँ, स्वास्थ्य नै सम्पत्ति हो ।
यस अर्थमा कि धूम अर्थात् धुँवाजन्य कुरा अनि पान अर्थात् सेवन, यसमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिँडीलगायत अन्य धेरै धूमपानजन्य कुराहरूका बारेमा आज संसारभरि जनजागरण फैलाइन्छ । संसारभरि हरेक दिन १५ अर्ब चुरोट बिक्दछ भने हरेक मिनेट १ करोड चुरोट बिक्री हुन्छ ।
यसरी हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सूर्ति सेवनका कारणले हुने गर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट सेवनकै कारणले हुने गर्दछ । यस्तै क्रम चलिरहने हो भने सन् ०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एक जना मान्छेको मृत्यु गराउने विश्वव्यापी तथ्यांकगत पूर्वानुमान गरिएको छ ।
यसर्थ युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि धूमपानका कारणले हुने मृत्युको संख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस् संसारभरिका धेरैजसो ठूला ठूला सूर्तिजन्य व्यवसायहरू औँलामा गत्र सकिने केही मात्र उधोगपतिहरूको नियन्त्रणमा छ । धूमपानको कुलतबाट विश्वमा प्रत्येक सेकेन्डमा १ जना, प्रतिदिन ११ हजार जना र प्रतिवर्ष ५० लाख मानिसले ज्यान गुमाइरहेका छन् ।
तर, ५० लाख मृत्युलाई रोक्ने लक्ष्यमा केन्द्रित रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ठोस प्रयास नगरिएमा यो संख्या सन् ०२० सम्ममा दोब्बर हुनेछ । यस्तो महामारीको प्रकोप, धूमपानको दुष्परिणामबाट ७० प्रतिशत व्यक्तिहरूको मृत्यु केवल विकासोन्मुख राष्ट्रहरूमा मात्रै हुने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनको छ । धूमपान अहिले विश्वका एक अर्ब ३० करोड व्यक्तिहरूले गर्ने अनुमान छ ।
धूमपानले क्यान्सर हुन्छ र यसको कारण धूमपानको कुलतबाट हुन जाने दुष्परिणामको सन्दर्भमा गरिएको अनेकौँ अन्वेषणात्मक अध्ययनहरूबाट थाहा भएअनुसार तमाखुमा करिब ४०० भन्दा बढी त्यस्ता रासायनिक विषालु कुतत्वहरू छन् जो व्यक्तिको स्वास्थ्यका लागि अत्यन्त हानिकारक एवं असाध्य रोगका कारक रहेका छन् ।
त्यसमध्ये ४८ वटा तत्वहरू यस्ता छन् जो सोझै क्यान्सर रोगको कारण हुन सक्छन् । र नेपालमा पनि बर्सेनि २५ हजार मानिसको अकाल मृत्यु हुने गरेको जानकारी सम्बन्धित क्षेत्रको दाबीे छ । निष्क्रिय धूमपानकै कारण नेपालमा दुई सय ग्रामभन्दा कम तौलका शिशुहरूको जन्म हुन्छ र योसँगै क्षयरोगीको संख्या बढिरहेको छ ।
एक सर्वेक्षणमा मुलुकको ८५ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ भने त्यसमा १५ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरू गर्ने गरेको छ । ७५ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरूषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाएको छ ।
यसर्थ सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका बढी मानिसहरू सूर्तिजन्य सेवनबाट मृत्यु हुने गर्दछ । समग्रमा भन्नुपर्दा सबैभन्दा बढी सूर्ति सेवन गर्ने भेग हिमाली क्षेत्र हो भने जसमा जुम्ला जिल्ला सबैभन्दा बढी सूर्ति सेवन गर्ने जिल्लामा गनिन्छ । यस्तो किसिमको कुलतलाई जोगाउन आफ्नो घर, टोल र समाजमा धूमपान विरोधी अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
धूमपान गर्नेको संख्या हाम्रो मुलुकममा प्रतिवर्ष बढ्दो छ । धूमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि मानिसहरू यस अम्मलीलाई हतपत त्याग्दैनन् अशिक्षित तथा गरिब समुदायका कैयौँ व्यक्तिहरू यसबाट हुने प्रतिकूल असरबाट अनभिज्ञ हुनाका कारणले पनि धूमपान गरिरहेका हुन्छन् । शिक्षित र प्रतिष्ठित समुदायमा भने यसको कुप्रभावबारे यथेष्ट जानकारी हुँदाहुँदै पनि आँखा चिम्लने गरेको पाइन्छ ।
धूमपान गर्नेहरूले छोडेको धुवाँले वरपर बसेकाहरूलाई पनि असर पार्दछ । धूममानमा पाइने मुख्य तत्वहरू निकोटिन, टार र कार्बनमोनो अक्साइड हुन् । यसका साथै धूममानमा चार हजार प्रकारभन्दा बढी विशाक्त पदार्थहरू पनि हुन्छन् भने तीमध्ये दुईदेखि चार सय मानिसको लागि हानिकारक हुने रहेको छ । सूर्ति सेवनका कारण ४० प्रकारका प्राणघातक क्यान्सर गराउने रसायन रहेको हुन्छ ।
त्यसैगरी, प्रतिखिल्ली चुरोटमा २० मिलिग्राम निकोटिन रहेको हुन्छ । तसर्थ ज्यान लिनको लागि २० मिलिग्राम निकोटिन पर्याप्त मानिन्छ । यी रासायनिक पदार्थहरू शरीरका लागि आवश्यक छैनन् बरू स्वास्थ्यका लागि हानिकारक छन् । धूमपान गर्दा यी रासायनिक तत्वहरू हाम्रो रक्त प्रवाहमा मिसिएर जान्छन् र शरीरका विभिन्न अंगहरूलाई काम गर्न वाधा पुर्याउँछन् ।
त्यसैले धूमपान गर्नु भनेको रोगलाई निम्त्याउनुसरह हुन्छ । अतः धूममानको असरले बच्चाहरूको घाँटी दुख्ने, खोकी लाग्ने, निमोनिया हुने डर रहन्छ । बच्चा स्वस्थ जन्मेको भए पनि यसले गर्दा रोगी बन्छन् र अकालमै मर्न सक्छन् । गर्भवती महिलाले धूमपान गरेमा शिशुको स्वास्थ्यलाई समेत हानि गर्दछ । धूमपान सेवन गर्ने व्यक्तिलाई दम, खोकी, मुटुको रोग र फोक्सोको क्यान्सर हुन सक्छ । गर्भवती आमाबाट जन्मिने बच्चा पनि ख्याउटे र कमजोर हुन्छ ।
जीवन छोटो छ, त्यसैले धूमपान गरेर यसलाई अझ छोटो नबनाऔँ अन्त्यमा, यो क्रम चलिरहने हो भने सन् ०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एकजना मान्छेको मृत्यु गराउने विश्वव्यापी तथ्याकंगत पूर्वानुमान छ । धूमपानको लतमा आजको भोली नै धूमपान गर्न छाड्न पक्कै अप्ठेरो हुनसक्छ, तसर्थ विस्तारै यो लतबाट आफूलाई छुटाउन गरिने कसरतहरू महत्वपूर्ण छ । विश्वभरिका अधिकांश धूमपान गर्ने व्यक्तिहरू साथीभाइको लहिलहैमा लागेर धूमपान गर्न सानै उमेरमा सिक्न पुग्दछन् ।
यसअर्थमा आउँदा पुस्ताहरूमा साथीहरूलाई नरम्रा कुराको प्रस्तावमा कसरी नाई भत्रे जस्ता कुराहरू पनि सिकाउन जरूरी छ । स्वस्थ्य नै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो हैन पक्कै जिरो बनाउँछ भत्रे कुराहरू बुझाउन जरूरी छ । यसरी आफ्नो स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा पाउँदा पाउँदै पनि कतिपय व्यक्तिहरू कुलतलाई त्याग्दैनन् भने तिनीहरूले पछि गएर ठूलो भुमरीमा पर्दछन् ।
जलिरहेको सूर्तिमा विभिन्न सात हजारभन्दा बढी हानिकारक तत्वहरू हुने गरेको र यसको सेवनले एक वर्षमा एउटा व्यक्तिको आयु एक महिना घट्ने विद्यालयहरूमा गरिएको एक अध्ययनले १२ देखि १९ वर्षका युवा धूमपानप्रति आकर्षित हुने गरेको र बढीजसो युवा साथीभाइको संगत, आकर्षक विज्ञापन, चलचित्रका दृश्य आदिका कारण त्यसतर्फ आकर्षित हुने गरको देखिएको जानकारी छ । धूमपानले जुनसुकै उमेर समूहका व्यक्तिहरू बढी प्रभावित भएको देखिन्छ ।
उनीहरू देखासिकीबाट, अरूको लहलहैमा लागेर, उत्सुकतावस तथा ज्ञान बढ्छ भन्ने मिथ्या विश्वासमा परेर यसको सेवन गर्न थाल्छन् । उनीहरू यसको नराम्रो असरबारे अनभिज्ञ नै हुन्छन् । धूमपानले न पेट भर्छ न त ज्ञान बढ्छ त्यसैले आजदेखि धूमपान त्यागौँ र यसको कुलतलाई त्याग गरी स्वस्थ्य जीवन बनाऔँ । तसर्थ, धूमपान के हो ? यसबाट मानवलाई फाइदा र बेफाइदा के के छ भन्ने कुराको जबसम्म राम्ररी ज्ञान हुन सक्दैन तबसम्म यो समस्याबाट मुक्त हुन सकिदैन ।
त्यसकारण हामीहरूले आ–आफ्ना केटाकेटीहरूलाई राम्रो संस्कार, चेतना, र शिक्षा दिनु जरूरी छ । अर्को कुरा व्यक्तिको धारणा जबसम्म गलत रहन्छ तबसम्म उसले नशालाई त्याग्न सक्दैन । किनकी यसलाई हाम्रो समाजबाट हटाउन जनचेतना, शिक्षा, यसको अवगुणको बोध आदि कुरामा बेलैमा सचेत भएको खण्डमा मात्र हाम्रो समाजले यस्ता किसिम लतलाई परित्याग गर्नु अति आवश्यक भएको छ ।
प्रतिक्रिया