डेटिङको बारेमा पढाइ हुने स्कूल ‘लव कोचिङ सेन्टर’

एजेन्सी । प्रेमी प्रमिका डेटिङ जानु आजको समाजमा सामान्य हो । तर, डेटिङका बारेमा स्कुलमा पढाइनै हुन्छ भन्दा पत्याउँद गाह्रो हुन्छ । तर गाह्रो मान्नु पर्दैन चीनमा ‘लव कोचिङ सेन्टर’ नै खोलेर माया, प्रेम, कसरी गर्ने ? साथीसँगको सम्बन्ध कसरी टिकाइ राख्ने जस्ता संवेदनशील बिषयमा पढाइ हुने गरेको छ । त्यति मात्र होइन डेटिङ जाँदा गर्नु पर्ने व्यवहारका बारेमा पनि सिकाइन्छ उक्त स्कूलमा ।

चीनले आर्थिक समृद्धिका साथै दूनियाँलाई नयाँ नयाँ बिषयमा चमत्कार दिने काम गरेको छ । नयाँ पुस्ताका लागि यो पनि एक नयाँ कुरा हो ।

नयाँ पुस्ताका कर्यौ युवा युवतीलाई डेटिङ जाँदा के गर्ने कसरी वाताचीत गर्ने ? साथीसँग कसरी प्रस्तुत हुने ? जस्ता समस्या भए उक्त स्कूलले समाधान गर्ने भएको छ । त्यहाँ यी सबै बिषमा तालिम दिने गरिन्छ ।

चीनमा केही समय पहिलासम्म एकमात्र सन्तान जन्माउन पाउने कानुनी प्रावधान थियो । यसका कारण मान्छेको शारीरिक सम्पर्कको अनुपात बिग्रिएको गुनासो बढेको थियो । चाहेर पनि यौन चाहनालाई दाबाउन परेको समाचार आइरहन्थे ।

तर, आजको चीनियाँ युवामा डेटिङ जाँदा महिलासँग कसरी व्यवहार गर्ने ? कसरी रिझाउने भन्ने समस्या प्रदा भएको छ । यही समस्यकाका कारण डेटिङ स्कूल सञ्चालनमा आएको हो ।

उक्त स्कूलमा राम्रो नृत्य समेत सिकाइन्छ । यस्ता प्रेम गर्ने कोचिङ कक्षाको समेत चीनमा निकै आर्कषण बढेको छ । यसका लागि अनलाइन कक्षाको समेत व्यवस्था छ । यसका लागि प्रति महिना ३० डलर खर्चिनु पर्छ । यदि कक्षमा हाजिर भएर प्रेम र डेटिङ कसरी गर्ने कुशल बन्न चाहनेले भने मासिक ४५०० डलर खर्चगर्नु पर्नेहुन्छ ।

यस्ता कक्षमा धेरै जसो ग्राहक २३ देखि ३३ वर्षका बढी आउने गरेको चिनियाँहरुको भनाई छ । तर, कहिले काहिँ १९ वर्षका युवा र ५९ वाषर्् सम्मका पूरुष आउने र युवती आर्कषित गर्ने कला सिक्ने गर्छन ।

‘लव कोचिङ सेन्टर’ नाम दिएको उक्त स्थानमा प्रेम गर्ने कला सिकाइनुको साथै राम्रा राम्रा तस्बिर समेत खिच्ने गरिन्छ । जसले तस्बिर मार्फत पनि साथीको ध्यान तान्न सहयोग गर्छ ।

प्रतिक्रिया