प्रत्येक दिन औसत २० हजार शब्द बोल्छन् महिला

लन्डन । महिलाहरू थुतुनी हुन्छन् अर्थात धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्, जबकी पुरुषका लागि यो तथ्यांक १३ हजार शब्द प्रतिदिनमा सीमित छ । महिला धेरै बोल्नुका वैज्ञानिक कारण पनि रहेको बताइएको छ ।

अमेरिकाका म्यारिल्यान्ड युनिभर्सिटीका विशेषज्ञका अनुसार महिलाको दिमागमा ‘फोक्सपटु’ नामक केमिकल धेरै मात्रामा हुन्छ । ‘फोक्सपटु’ एक किसिमको भाषा प्रोटिन हो । यही प्रोटिनका कारण पुरुषभन्दा महिला बढी बोल्न सुरु गर्छन् । न्युरोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टका अनुसार यही प्रोटिनका कारण महिलाहरूको शब्दकोष धेरै भएको हो ।

यस्तै ‘साइन्टिफिक रिपोर्टस’ मा प्रकाशित एक अध्ययनमा कामकाजी महिला खाना र खाजा खाने वेला बढी बोल्ने गरेको उल्लेख छ । यस्ता महिला अफिस आउँदा जाँदा अपरिचित मानिससँग पनि बोल्छन् ।साइन्टिफिक रिपोर्टसले सोसियोमिटर्सको सहयोगले यो अध्ययन गरेको हो । सोसियोमिटर हातमा बाँधिने स्मार्टफोन जत्रो डिभाइस हो, जो प्रयोगकर्ताको बोलाइको वास्तविक समयको डाटा जुटाउँछ ।

यो सबैकाभन्दा भिन्दै टाइमडट कमको एक रिपोर्टले चाखलाग्दो खुलासा गरेको छ । यहाँ सात युनिभर्सिटीको फ्याकेल्टी मिटिङको रेकर्ड हेरेपछि अफिस र मिटिङमा पुरुष धेरै र महिला कम बोल्ने गरेको पाइएको छ । यस्ता मिटिङमा महिलाले बोलेका सबैभन्दा लामा वाक्य पुरुषले बोलेका सबैभन्दा साना वाक्यभन्दा कम थिए । तर, मिटिङबाट बाहिर निस्कनासाथ धेरै कमेन्ट गर्ने भने महिला नै पाइएका छन् ।

प्रतिक्रिया