सम्भोगका यस्ता छन् फाइदा


एजेन्सी । सम्भोगका विषयमा हरेक व्यक्तिको आवश्यकता फरक हुन्छ । कतिपल्ट सम्भोग गर्नु सही हो भन्ने वारेका कयौं अध्ययन भएका छन् । तर यहाँ केही कारण उल्लेख गरिएको छ जसले तपाईलाई सम्भोग गर्दाका फाइदा वारे जानकारी दिन्छ ।

यो साथीप्रति माया व्यक्त गर्ने एउटा तरिका पनि हो । यसले तपाइलाई भावनात्मकरुपमा जोड्छ । सम्भोगले तपाईकाबीच कसिलो सम्वन्ध बनाउन सहयोग गर्छ ।

सम्भोगले तपाईलाई स्वास्थ्य सम्वन्धि कयौं फाइदा दिने विशेषज्ञ बताउँछन् । यस्तो फाइदाका पनि कयौं अध्ययन भएका छन् । एक अध्ययनका अनुसार सातामा एक पटकको सम्भोगले तपाईको शरीरमा रोग प्रतिरोधि क्षमता बढाउँछ । कतिपय अध्ययन्ले सम्भोगले मुटु रोगीलाई पनि फाइदा पुग्ने देखाएको छ ।

यदी तपाईलाई तनावका कारण सम्भोगको इच्छा समाप्त हुन्छ भन्ने लाग्छ भने यहाँ अर्को दृष्टिकोण पनि रहेको छ । तपाई सम्भोगले तनाव हटाउन सक्नुहुन्छ । सम्भोग गर्नेभन्दा नगर्ने व्यक्तिमा तनाव बढी हुने प्रमाणित भइसकेको छ ।

सम्भोगले फिल गुड हार्मोन रिलिज हुन्छ । सम्भोग रिल्याक्सिङ मेडिटेशन पनि हो भन्नेहरू पनि धेरै छन् । २०१३ मा प्रकाशित एउटा अध्ययनले सम्भोगका क्रममा ८५ किलो बराबर क्यालोरी खर्च हुने देखाएको छ । यो पनि व्यायामको एउटा तरिका मानिएको छ साथै १५ किलोमिटर हिड्नुभन्दा महिला पुरुष सम्भोग गर्नु उपयुक्त मान्छन् ।

प्रतिक्रिया