सहमतिमा शारीरिक सम्बन्धको उमेर १५ वर्ष बनाइँदै

फ्रान्स । फ्रान्स सरकारले आपसी सहमतिमा शारीरिक सम्बन्ध राख्न सकिने उमेरको हद १५ मा झार्न छलफल चलाइरहेको छ । यदि यो कानुन बन्यो र पास भयो भने शारीरिक सम्बन्धको कम उमेर हद तोक्ने फ्रान्स पहिलो देश हुनेछ । यो कानुन पास भयो भने कुनै पनि १५ वर्षीया महिलाले आफ्ना मन परेका व्यक्तिसँग शारीरिक सम्बन्ध राख्न सक्नेछन् । तर, अब प्रश्न यो उठ्छ कि शारीरिक सम्बन्धका लागि कानुन बनाउनु र यसको न्यूनतम उमेर हद तोक्नुका पछाडि के कारण छ ?

तपार्इंलाई थाहा नहुन पनि सक्छ हालै फ्रान्समा दुई वटा यस्ता घटना सार्वजनिक भएका छन् जसले पूरै देशमा हंगामा मच्चाएको छ । यी दुवै घटनामा ११ वर्षीया बालिकाको संलग्नता पाइएको छ । यी बालिकाले सहमतिमै आफ्ना साथीसँग शारीरिक सम्बन्ध राख्दै आएको पाइएको थियो । यसपछि पुरै देशमा बहस सुरु भयो, किन शारीरिक सम्बन्धका लागि कानुन नबनाउने ? जसले केटीहरूले आफ्नाबारे आफैँ निर्णय गर्न सकुन् र यो गरेबापत कसैले कानुनी झञ्झटमा पर्नु नपरोस् ।

शारीरिक सम्बन्धको न्यूनतम उमेर १३ वर्ष बनाउने चर्चा
फ्रान्सको महिला विभागले भनेको छ कि यस्तो कानुनका लागि विधेयक तयार भइसकेको छ । मंगलबार अन्तिम छलफल गरेर यसको उमेर १५ वर्ष तय गरिएको छ । यो विधेयकमाथिको छलफल चलिरहँदा केही सरोकारवाला सहमतिमा शारीरिक सम्बन्ध राख्ने उमेर १३ वर्ष हुनुपर्ने तर्कसमेत गरेका थिए । केहीले भने १३ वर्ष धेरै छिटो हुने बताउँदै यसका लागि १५ वर्ष नै ठीक भएको जिकिर गरेका थिए । देशभरी चर्चामा रहेका जुन दुई ११ वर्षीया बालिका हुन् उनीहरूसँग शारीरिक सम्बन्ध राख्ने पुरुष भने वयस्क रहेको पाइएका थिए ।

प्रतिक्रिया