स्तनपानकाे फाेटाेले गरायाे हंगामा

केरेला । भारतिस्थत केरेलाकाे म्यागजीनको कभर पेजमा छापिएको बच्चालाई दूध खुवाउँदै गरेको मोडलको तस्बीरलाई लिएर सामाजिक संजालमा वहश सुरु भएको छ। केरलबाट प्रकाशित हुने गृहलक्ष्मी म्यागेजीनको कभर पेजमा मोडल गिलु जोसफ बच्चालाई छातीमा टाँसेर क्यामरातर्फ हेरिरहेकी छन्। सो तस्बीरमा लेखिएक छ, ‘आमाहरु केरलसँग भनिरहेकी छन्, हेर्नुस् हामी स्तनपान गराउन चाहन्छौं।’  भारतीय म्यागेजीनमा कुनै महिलाले स्तनपान गराइरहेको फोटो छापिएको पहिलो पटक भएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर तस्बीरमा देखिएकी मोडल स्वयं आमा भने होइनन्।

यही विषयले असहजता पैदा गरेको छ र सो विषयमा वहस सुरु भएको छ। गृहलक्ष्मीका सम्पादकले म्यागेजीनले आमाहरुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन जागरुक बनाउन प्रतित गर्ने उद्देश्यले फोटो छापेको जनाएका छन्।

मोन्सी जोफल भने, ‘एक महिला पहिला एक व्यक्तिले स्तन पान गराइरहेकी श्रीमतीको फोटो फेसबुकमा पोस्ट गरेका थिए, उनको उद्देश्य सार्वजनिक स्थानमा आमाहरुले स्तनपान गराउने विषयमा वहस सुरु होस भन्ने थियो।तर सकारात्मक वहस सुरु हुनुको साटो ती महिलालाई पुरुष र महिला मिलेर साइबर बुलिंग गरे।त्यही भएर हामीले स्तनपानको मुद्दालाई हामीले ताजा अंकमा उठाएका छौं।’

भारतमा पारम्परिक साडी लगाउने महिला सर्वाजनिक स्थानमा स्तनपान गराउँछन्। उनीहरु ब्लाउजको सहयोगमा स्तनपान गराउँछन्। तर, जो महिला साडी लगाउँदैनन् उनीहरुसँग यस्तो विकल्प हुँदैन।

कयौं मानिसले म्यागेजिन र मोडलको पक्षमा पोस्ट गरेका छन्। तर, स्तनपान गराउने वास्तविक आमा नभएर मोडललाई प्रस्तुत गर्दा यो अभियानले आलोचना पनि गर्नु परेको छ।ब्लगर अंजना नायले एक ब्लग पोस्टमा लेखेकी छन्, ‘बच्चालाई स्तनपान गराउने असली आमालाई भित्री पेजमा स्थान दिने र एक मोडललाई बच्चा र वस्त्रहीन स्तन देखाएर कभर पेजमा प्रकाशित गर्नु सनसनी र शोषण हो।’

तर गिलु जोसफले म्यागेजीनमा स्तनपान गराएको तस्बीर प्रकाशन गरेको वचाउ गरेका छन्।उनले भने, ‘मलाइ के थाहा थियो भने यो कदमको मैले धेरै आलोचना खेप्नुपर्छ। तर म ती आमाहरुको खुशीकालागि यो फैसला गरेको हो। यो कदमबाट आमाहरु गर्वले आफ्ना सन्तानलाई सार्वजनिक स्थानमा पनि स्तनपान गराउन सकून।’ एक म्यागेजीनले भनेको छ, ‘यदि तपाइँले आफ्नो बच्चालाई स्तनपान गराउनु हुन्छ भने कुन भगवान रिसाउँछन्।

प्रतिक्रिया