काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रिजाल यसअघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रेसन विभाग (सिएडी)को प्रमुख पदमा कार्यरत थिए । सिभिल बैंकको अतिरिक्त उनले एनबी बैंकमा लामो समय काम गरेका छन् ।
सहयोगी विकास बैंकको मुख्य कार्यालय जनकपुरमा रहेको छ । सहयोगीले विभिन्न स्थानमा ८ वटा शाखामार्फत सेवा दिँदै आएको छ । सेयर पुँजी ५० करोड ९६ लाख रहेको बैंकले हालसम्म ३ अर्ब ४० करोड निक्षेप संकलन, २ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । बैंकमा १० करोड ५३ लाख सञ्चिति कोष रहेको छ ।
प्रतिक्रिया