क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि सोमबारबाट तालाबन्दी खोलिएको हो ।
क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन कुसियैतले जानकारी दिए ।
गैरकानूनी नियुक्तिमा रोक लगाउनुपर्ने, आर्थिक पारदर्शीता गर्नुपर्ने, शुल्क वृद्धि रोक्नुपर्ने, क्याम्पसमा शैक्षिक सुधारलगायतका आफूहरुका माग फागुनभित्र पूरा गर्ने गरी सहमति भएको अध्यक्ष कुसियैतले बताए ।
क्याम्पस प्रशासनले लिएको समयभित्र माग पूरा गर्ने प्रक्रिया अघि नबढाइए कडा आन्दोलन गर्ने अध्यक्ष कुसियैतले बताए । क्याम्पसमा देखा परेका सबैखाले समस्याको निकास दिन आफू सक्रिय भएर लाग्ने निमित्त क्याम्पस प्रमुख कृष्णकुमार यादवले बताए ।
छ महिनादेखिको तालाबन्दीका कारण सिरहा क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो ।
प्रतिक्रिया