अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ, ११ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रपति ट्रम्पले शुक्रबार प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

अमेरिका-नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन् ।

प्रतिक्रिया