हैजाका कारण दशको मृत्यु

मनिला, ८ फागुन । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा फैलिएको हैजाका कारण कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।

पहाडी क्षेत्रमा पर्ने सो ठाँउमा फैलिएको हैजाका कारण मृत्यु हुने मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले मंगलबार जनाएका छन् ।

बालाबाक भन्ने स्थानमा झण्डै दुई महिनादेखि हैजाको प्रकोप फैलिएको छ । त्यस क्षेत्रका झण्डै दुई सय जनालाई हैजाले प्रभावित पारेको छ ।

उपभोग गर्न योग्य नभएको खानेपानी उपभोग गरेको र सरसफाईमा पर्याप्त ध्यान नदिएकाले हैजा फैलिएको अधिकारीहरुले बताएका छन् ।

सन् २०१७ को सेप्टेम्बर महिनामा पालावानमा पनि यस्तै हैजा फैलिएको थियो । त्यतिबेला चार जनाको मृत्यु भएको थियो भने अरु ६०० भन्दा बढी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया