तालिबानको आक्रमणमा ४ को मृत्यु

अफगानिस्तान, ८ फागुन । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको काला इ जाल जिल्लामा भएको तालिबान आतङ्ककारीको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला गभर्नर अब्दुल मोमिन ओमार्खिलले मंगलबार सो जानकारी दिएका छन् ।

काला इ जार जिल्लाको सख्सा कोल इलाकामा सोमबार अपराह्न आँधीको रुपमा आएका तालिबान आक्रमणकारीको आक्रमणमा परी एक सर्वसाधारण र ती सरकार समर्थन लडाकूहरुको मृत्यु भएको ओमार्खिलले बताएका छन् ।

तालिवान आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएका छन् । सञ्चार माध्यमलाई आफूहरुले यो हत्या गरेको उनीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया