सातामा १ अर्ब ५४ करोडको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । माघ अन्तिम तथा फागुन पहिलो साताको ३ गतेसम्म १ सय ७९ कम्पनीको सेयर कारोबार भएको छ । जसअनुसार १६ हजार ६ सय ३८ कारोबारबाट १ अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार ४ सय ७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शून्य दशमलव ६२ प्रतिशत कम हो ।

गत साता १ सय ७६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १७ हजार ९ सय १ कारोबारबाट १ अर्ब ५५ करोड ११ लाख २ हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४० दशमलव २४ अंकले बढेर अन्तिम दिन १ हजार ४ सय २४ दशमलव ९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलव ४९ अंकले बढेर ३ सय १ दशमलव ३० अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (६ करोड ७१ लाख ५० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ९३ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार संख्या (५ सय ९० वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रह्यो ।  यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । यस साता ४ कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ६ लाख कित्ता साधारण सेयर, जेबिल्स फाइनान्स लिमिटेडको २८ लाख ८९ हजार ५ सय ६२ दशमलव ५० कित्ता हकप्रद सेयर, ओरियन्टल होटल लिमिटेडको १४ लाख २५ हजार १ सय ६ दशमलव ३५ कित्ता बोनस सेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको १९ लाख ७३ हजार ९ सय २८ दशमलम ७७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

प्रतिक्रिया