नयाँदिल्ली । भारत स्वशासित क्षेत्र कास्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै बालिकालाई जन्म दिएकी छिन् । बन्दुकधारीहरूले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती घाइते महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ । पाराम्जित कउर नाम गरेकी ती महिला र उनकी बालिकाको अवस्था अहिले राम्रो रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
गर्भवती ती महिलालाई पछाडिपट्टि तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत तत्काल अस्पताल पु¥याइएको थियो । सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकुबीच झडप हुँदा ती भर्ववती महिलालाई गोली लागेको थियो । ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधिहरू दिइएको थियो ।
बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो घटनामा परी तीनजना लडाकु र दुईजना भारतीय सुरक्षाकर्मी मारिएका भारतीय सैन्य स्रोतले जानकारी दिएको छ । एके–५६ राइफलसहित विभिन्न विस्फोटक पदार्थ तथा हातहतियारहरू सरकारी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
प्रतिक्रिया