कारबाहीमा तालिवान कमाण्डरसहित आठको मृत्यु

अफगानिस्तान, २८ माघ । अफगानिस्तानको उत्तरी प्रान्त तखारका विभिन्न जिल्लामा तालिवान आतङ्ककारी विरुद्ध गरिएको एक सुरक्षा कारबाहीको क्रममा एक प्रमुख कमाण्डरसहित आठको मृत्यु भएको छ ।

यस कारबाहीको क्रममा तालिबानको प्रमुख कमाण्डर मिर वालीसहित आठ आतङककारी मारिएका छन ।

सो प्रान्तका प्रहरी प्रवक्ता अब्दुल खालिल आसिरले सो कारबाहीको आइतबार जानकारी दिनुका साथै हताहतको पनि पुष्टि गरेका छन् ।

तालिबान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको वासिर खिल र दर्काद जिल्लामा समेत यस कारबाही जारी रहेको बताइएको छ ।

गत बिहीबारबाट सुरु गरिएको यस सुरक्षा कारबाहीमा एक दर्जनभन्दा बढी आतङ्ककारी घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । मिर वाली तखार प्रान्तको तालिवान आतङ्कारी समूहका कमाण्डर थिए ।

यस सुरक्षा कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया