सडक दुर्घटनामा परी २७ को मृत्यु

जाकार्ता, २८ माघ । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा शनिबार एक भीषण सडक दुर्घटना भएको छ । यस दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ गम्भीर घाइते भएका छन ।

यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरी र अस्पतालका अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् ।

सुबाङ जिल्लाको सिसेनाङ भन्ने ठाँउमा दुर्घटना भएको बताइएको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि यात्रु बाहक सो बस एक पहाडमा गएर ठोक्किएको थियो ।

यस दुर्घटना धेरै जना पिडित भएका घटनास्थलबाट एक जना प्रहरी अधिकारीले शनिबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

दुर्घटनामा परेको बसमा ४५ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।‘सुबाङ जनरल हस्पिटल’ ले २७ को मृत्यु भएको विवरण दिएको छ ।

त्यसैगरी अन्य १८ जना गम्भीर घाइते भएको पनि अस्पतालले जनाएको छ । घाइतेहरुलाई ‘आइसियु’मा राखेर उपचार गरिएको छ ।

घाइतेहरु मध्ये अधिकांशको शरीरका विभिन्न ठाँउको हण्डी भाँचिएको र टाउकोमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन ।

घाइते मध्ये धेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया