लन्डन । संसारभर आतंकको पर्याय बनेका कुख्यात विद्रोही एलेक्जेन्डा कोटे र अल साफी अलसेसलाई अन्ततः गिरफ्तार गरिएको छ । यी खतरनाक विद्रोहीको आतंककारी गाथा जति भयावह छ, उनीहरूको बाल्यकाल त्यति नै सामान्य थियो । १९९० को दशकमा पश्चिमी लन्डनमा जन्मेहुर्केका अलेक्जेन्डा कोटे र अल साफी अलसेसको बाल्यकालमा गाउने सोख थियो । साथै, फुटबलमा रुची राख्थे । तर, एक दशकपछि उनको जीवनमा ठूलो परिवर्तन आयो । उनीहरू फुटबलका कारण होइन, आफ्नो कुख्यात अपराधका लगि संसारकै हिटलिस्टमा रहे ।
गत महिनाको अन्त्यतिर सिरया–टर्कीको सीमाबाहिर भाग्दै गर्दा सिआइएले उनहरूलाई पक्राउ ग¥यो । शुक्रबार राति मात्र उनका परिवारले थाहा पाए कि उनीहरूका सामान्य छोरा यस्ता अपराधी कसरी भए, जसका कारण उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइयो । अलसेसका पिता सुडानको गृहयुद्धबाट बचेर आफ्नो परिवारसँगै बेलायत आए । उनले भने, ‘यो मेरो बोल्ने सही समय होइन । यी एउटी आमा हुन्, जसले आफ्ना दुई छोरा गुमाएकी छन् ।’ कोटे र अलसेसले ‘इस्लामिक स्टेट एन्ड द लेवेंट’ को प्रभावमा आएर दुस्मनहरूको टाउको काट्न र मानिसहरूको शोषण गर्न सुरु गरे ।
पश्चिमी लन्डनका मोहम्मद एमबाजी र एनी डेबिससँग मिलेर चारैजनाले ‘द विटल्स्’ नामको समूह बनाए । यिनीहरूलाई २३ जनाको क्रूर हत्याको जिम्मेवार बनाइएको छ । उनीहरूद्वारा मारिनेमा बेलायत, अमेरिका र जापानका नागरिक छन् भने केही सिरियाली सेनाका सदस्यसमेत छन् । भनिन्छ कि बिटल्सका एक सदस्य एमवाजी गत वर्ष अमेरिकी ड्रोन हमलामा मारिए र डेविस अहिले टर्कीको जेलमा छन् । यसपछि, बेलायती र अमेरिकी सेना मिलेर कोटे र अलसेसलाई पक्राउ गर्न उनीहरूका बारेमा अनेकौँ जानकारी संकलन गर्न सुरु गरे ।
कोटेको आतंककारी यात्रा लन्डनको नटिंग हिलबाट २००९ देखि सुरु भयो । उनी यहाँबाट गाँजापट्टी गए, यो यात्रामा उनलाई अन्य तीनजनाले साथ दिए । एकजनाले भने कि, यो यात्राको क्रममा कोटेले अब कहिल्यै लन्डन नफर्कने संकल्प गरेका थिए । यहाँबाट आतंककारी समूहमा सामेल हुन उनी सिरिया जाने तयारीमा थिए । कोटे बाल्यकालमा अन्य मानिसजस्तै चकचके थिए । उसको परिवार एउटा कपडा काट्ने कारखानामा काम गथ्र्यो । कोटेसँगै परिवारमा उनका भाइ पैब्ले पनि थिए । उनलाई धेरैले मन पराउँथे । २० वर्षमा कोटेले मुस्लिम धर्म अपनाएर अबुसालिब भए र मुस्लिम प्रेमिकासँग विवाह गरे ।
अहिले उनका दुई बच्चा छन् । तर, २००९ मा कोटेले आफ्नी पत्नी र बच्चालाई लन्डनमै छाडेर गाँजापट्टीको यात्रा रोजे । भनिन्छ, यसपछि उनी सिरिया र इराक गए, जहाँ उनले आतंककारी प्रशिक्षण प्राप्त गरे । यसपछि, उनको अपराधयात्रा यति तीव्र गतिले हिँड्यो कि, उनलाई बिटल्स समूहको सबैभन्दा खतनाक सदस्यका रूपमा चिनिन्थ्यो । अलसेसले पनि मुस्लिम धर्म अपनाएर पश्चिमी लन्डनमा आफ्नो गतिविधि जारी राखे । जानकारीका अनुसार स्कुल छाडेपछि अलसेसले मेकानिकको रूपमा जागिरसमेत गरेका थिए । तर, २००९ पछि उनको जीवनमा परिवर्तन आउन सुरु भयो ।
जब उनका ठूल्दाइ खालिदलाई कुनै समूहहत्यामा संलग्न भएको आरोपमा १० वर्षका लागि पक्राउ गरियो, त्यसैवेला आमाबाबु उनीहरूबाट अलग्गिए । यही वेला अलसेसले २१ वर्षको उमेरमा क्यानेडियन महिलासँग विवाह गरेका थिए । तर, उनले अलसेससँग बेलायत आउन मानिनन् । भनिन्छ कि, उनकी पत्नीले उनलाई इन्टरनेटमा आतंककारीको भाषण सुनिरहेको देखेकी थिइन् । पछि थाहा भयो कि, उनी कट्टरपंथी हुने बाटोमा तीव्र गतिमा हिँडेका रहेछन् । उनका साना भाइ महमुदलाई पनि यसको खराब असर पर्न थाल्यो । २०१५ मा इराक गए, जहाँ उनी लाडाकु विमान आक्रमणमा मारिए ।
प्रतिक्रिया