बुबाको सम्झनामा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री

बैतडी, २५ माघ । बुबाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका-५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोशाक, झोला र कापीकलम वितरण गरिएको छ ।

बाह्र वर्ष अगाडि स्व. भएका बुबा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै, लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुबा गुमाएका ३६ बालबालिकालाई पोशाक, झोला र कापी कलम वितरण गरेका हुन् ।

गत वर्षदेखि मडै परिवारले स्व. बुबाको सम्झनामा उक्त विद्यालयका विद्यार्थीलाई पोशाक, झोला र कापी कलम वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया