हुवालिन, २५ माघ । ताइवानमा बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी कम्तीमा २५४ घाइते भएका छन् ।
भूकम्पबाट पीडित भएकालाई सहयोगका लागि उद्धार टोली पठाउन चीनले चाहना व्यक्त गरेको छ । झण्डै २०० भन्दा बढी पीडितको उद्धार गरिए पनि अरू ८८ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।
पूर्वी चीनको फुजिअन प्रान्तमा घाइते भएकी एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । अधिकारीहरूले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएका छन् ।
बुधबार बिहान १०ः४० बजे आएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो । त्यस भूकम्पले ठूलो भौतिक क्षति पुर्याएकोे छ । तर अहिले उद्वारको कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकिरहेको छैन । ताइवानमा यतिखेर विदेशी पर्यटक जाने मौसम हो ।
त्यसैले भूकम्पमा पर्यटकहरू पनि परेको अनुमान गरिएको छ । उक्त भूकम्पपछिका कैयौँ पराकम्पका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ भने उनीहरू त्रसित अवस्थामा रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया