संयुक्त राष्ट्रसंघ, १८ माघ । लामो समयको गृहयुद्धका कारण देश छोडेर भागेका सिरियाली शरणार्थी घर फर्किन चाहेको भए पनि उनीहरु फर्किनसक्ने सुरक्षित वातावरण बन्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सिरियाली शरणार्थी अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशमा बसिरहेका र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका राष्ट्रसंघका एकजना अधिकारीले भनेका छन् ।
तर ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै नबनेको उनले जनाएका छन् । सिरियामै आन्तरिक रुपमा शरणार्थी भइरहेकाहरु पनि सुरक्षित वातावरण पाउन नसकेको उनको भनाई छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका अधिकारी स्कट क्रेगले भनेका छन्ग-त वर्ष मात्र पनि केही शरणार्थी सिरिया फर्किएका थिए तर उनीहरु पनि हाल सुरक्षित रहन सकेका छैनन् ।
त्यही आधारमा नै अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार बनेको छैन भन्ने हाम्रो निष्कर्ष हो-उनले बताएका छन् । उनले यसका लागि सरकार र विपक्षीहरुले नै विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।
हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।
उता सिरियाको सरकारी फौजले त्यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरुका विरुद्ध हवाई आक्रमणहरू थालेपछि पछिल्लो समयमा विस्थापित हुनेहरुको सङ्ख्या झन बढेको छ ।
सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।
संयुक्त राष्ट्रसंघले जनाएअनुसार देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेकाहरु देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका छन् ।
यसैबीच आप्रवासी शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संगठन ९आइओएम० ले सन् २०१७ मा यूरोप तथा अमेरिक हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ ।
उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई हवाई मार्गमार्फत सम्बन्धित देशको राजधानीमा फिर्ता पठाइएको जनाएको हो ।
आइओएमले स्वयंसेवी विभाग ‘भोलुन्टरी रिटर्न प्रोग्राम’ नै राखेर यसरी गैरकानुनी रुपमा विदेश हिँडेका आप्रवासीलाई स्वदेश फर्काइएको जानकारी हालैमात्र एक विज्ञप्ति प्रकाशन गरेर दिएको थियो ।
प्रतिक्रिया