हिन्दू मुस्लिम दुवैका शत्रु गान्धी !

आन्दोनलका नाममा देशका भिनिन्न भागमा हिन्दूले मुस्लिम समुदायलाई आक्रमण गर्ने, मुस्लिमले हिन्दू समुदायलाई आक्रमण गर्ने घटनाहरू बढेका थिए । जातीय आक्रमणले कोही कहीँ सुरक्षित थिएन । देशभर फैलिएको जातीय दंगाले गान्धी दुःखी थिए । उनका लागि सबै समुदायका जनता समान थिए । तर पनि समस्या बढ्दै गएको थियो । यस्तो अवस्थमा उनले आफूलाई असफल मानिरहेका थिए । उनी अखण्ड हिन्दूस्तानको पक्षमा थिए । जब उनी पहिलोपटक जम्बु–कास्मिर पुगे । त्यहाँ पनि उनले त्यही सन्देश दिए । तर, उनको सन्देश कसैले सुनिरहेका थिएनन् ।

भारत ब्रिटिसको दासताबाट सन् १९४७ को अगस्ट १५ मा विधिवत् मुक्त हुनुभन्दा केही महिना पहिला नियतिका कारण भनौं भारतमा स्वतन्त्रता दिवश मनाइँदै थियो । त्यसको खुसीमा सिंगो भारत रमाइरहेको थियो । लामो संघर्षपछि भारत ब्रिटिस दासताबाट मुक्त भएको थियो । भारतीय जनताले इतिहासमा सोचेका थिएनन्, कुनै दिन आफ्नै देशमा आफ्नो स्वतन्त्रता दिवस मनाउने दिन आउला भनेर । तर, भयो त्यसै, यो ठूलो खुसी भारतीय जनताका लागि अरू के होला ? ब्रिटिसप्रति घृणाले उनीहरूको मन त्यसै जलेको थियो । त्यो घृणा सहजै मेटिनेवाला थिएन ।

भारतीय जनता आफ्नो हातमा सत्ताको वागडोर आएका कारण केही हदसम्म खुसी थिए । तर, केही मान्छे त्यो खुसीमा हिंसा भड्काएर आफ्नो स्वार्थ पूरा गर्न थाहन्थे । त्यही माहोलमा कोही भारतको स्वतन्त्रताका पक्षमा लागेका नेताको विरुद्धमा जनता भड्काउन चाहन्थे ।
स्वतन्त्रताको खुसीको वातावरणमा चाहेर पनि गान्धी सहभागी थिएनन् । उनी देशको अवस्था हेरिरहेका थिए । जीवनको ७८ वसन्त पार गरेर कैयाँै राजनीतिक अनुभव थिए उनमा । उनको मन र मष्तिस्कले धेरै अनुभव हासिल गरेको थियो । उनले आफ्ना जीवनमा भोगेका र अनुभव गरेका धेरै कुराले उनी सबल र सक्षम थिए, साना खुसी वा उपलब्धिमा उनी पर्दैनथे ।
गान्धीसँग सबैको गुनासो

दृढता, इच्छाशक्ति र देशप्रतिको जिम्मेवारीबोधले गान्धीको शरीको तौल घटेको थियो । यसको कारण उनको दौडधूप पनि थियो । उनको आफ्नो काम गर्ने शैली र स्वभावका कारण र आफ्नो सामुन्ने आएको चुनौतीको पहाडका कारण आरम गर्न चाहँदैनथे । त्यसै कारणले उनी १९४७ अगस्टको कैयाँै महिना पहिलादेखि १९४८ जनवरीसम्म लगातार देशका विभिन्न भागको दौडमा निस्किएका थिए ।

उनी जाहाँजाहाँ पुग्थे, त्यहाँको जनतासँग उनीहरूले भोगिरहेको दुःख र पीडासँग साक्षात्कार गर्दै उनीहरूको सुखी जीवन र भविष्यको लागि प्रार्थना गर्थे । यसका साथै ब्रिटिसप्रति जनताको मनमा उर्लेको घृणा साम्य पार्ने र नयाँ ढंगबाट अघि बढ्न प्रेरित गर्थे । जनतामा सकारात्मक सन्देश दिने प्रयास गर्थे । जनतामा निराशा हटाउने र उनीहरूलाई सत्मार्गमा ल्याउने काममा जुटेको थियो उनको वृद्ध शरीर ।

जुनजुन ठाउँका जनताले उनलाई बोलाउँथे, त्यहाँका जनता कामना गर्थे कि गान्धी भौतिक रूपमा सबै ठाउँमा पुगून् । तर, उनी शारीरिक कारणले जनताले चाहेका सबै ठाउँमा पुग्न सक्दैनथे । कैयाँै पटक उनी एक ठाउँमा बसेर अर्को ठाउँमा आफ्नो सन्देश पठाउँथे । जनताले उनीसँग गुनासो नगरून् भन्नेमा उनी सचेत थिए ।

दिनदिनै अवस्था जटिल र विकराल बन्दै गएको थियो । एकातिर देश स्वतन्त्र थियोे, अर्कोतर्फ देशका विभिन्न भागमा अनेक प्रकारका अन्दोलन जारी थियो । त्यसमा देशभित्र र बाहिरका मान्छेले खेल खेलिरहेका थिए । कैयाँै मान्छे अखण्ड भारतको नाममा आन्दोलनमा होमिएका थिए । कराँची, बिहार, कोलकाता लगायतका स्थानमा आन्दोलन चर्केको थियो । यस्तो अवस्थमा धेरै ठाउँमा गान्धीको आलोचना भइरहेको थियो । समस्या चर्काउने, समाधानको बाटो खोजेर शान्ति स्थापना गर्ने र समस्याको आगोमा हात सेक्न चाहने सबैले गान्धीको आलोचना गरिरहेका थिए । कैयौँ स्थानमा जातीय राज्यको समेत माग भएको थियो । असीमित माग बढ्दै गएको थियो देशभर । यस्तो अवस्थामा गान्धीप्रति सबै समुदायको असन्तुष्टि बढेको थियो ।

स्वतन्त्रताका नाममा स्वार्थ लुट्न खोज्नेहरूले आन्दोलनको फाइदा उठाइरहेका थिए । आन्दोनलका नाममा देशका भिनिन्न भागमा हिन्दूले मुस्लिम समुदायलाई आक्रमण गर्ने, मुस्लिमले हिन्दू समुदायलाई आक्रमण गर्ने घटनाहरू बढेका थिए । जातीय आक्रमणले कोही कहीँ सुरक्षित थिएन । देशभर फैलिएको जातीय दंगाले गान्धी दुःखी थिए । उनका लागि सबै समुदायका जनता समान थिए । तर पनि समस्या बढ्दै गएको थियो । यस्तो अवस्थमा उनले आफूलाई असफल मानिरहेका थिए । उनी अखण्ड हिन्दूस्तानको पक्षमा थिए । जब उनी पहिलोपटक जम्बु–कास्मिर पुगे । त्यहाँ पनि उनले त्यही सन्देश दिए । तर, उनको सन्देश कसैले सुनिरहेका थिएनन् ।

१५ अगस्टको मध्यरातमा जब पूरै दिल्ली खुसीमा थियो, दिल्लीका जनता हिन्दूस्तान आफ्नो भएको महसुस गर्दै थिए, पछिल्लो तीन दशकदेखि स्वाधीनता संघर्षको नीतिनियम र नेतृत्वको निर्णय गर्ने वेला भएको थियो, सिंगो भारतको भविष्य बनाउन लागिपरेका महात्मा गान्धी, जसलाई भारतीय जनता आफ्ना निर्माता मान्थे, जो भारत राज्यको उत्तराधिकारी पनि थिए, त्यस्ता व्यक्ति दिल्लीको त्यति ठूलो खुसीमा जनतासँग थिएनन् । जनता उनीसँग आर्शिवाद चाहन्थे । जनताको खुसीमा उनको गैरउपस्थितिले जनता निराश थिए । उनी भने दिल्लीदेखि टाढा कलकत्ताको ‘हैदरी महल’मा थिए ।

उनी नोआखालीको यात्रामा निस्केका थिए । जहाँ, अल्पसंख्यक हिन्दूको ठूलो संख्यामा हत्या भएको थियो । उनी त्यहाँका जनतासँग उनीहरूको दुःख र पीडा सुन्न चाहन्थे । तर, यात्रामा निस्केका उनलाई दुई तिन दिनका लागि कलकत्तामा बस्नुपर्ने भयो । कारण थियो, त्यहाँ रहेका अल्पसंख्यक मुसलमानमा हिन्दूका विरुद्ध उर्लिएको नकारात्मक भावनाको ज्वाला साम्य पार्नु । उनी कलकत्ताका जनतामा फैलँदै गएको नकारात्मक भावना शान्त भई सद्भाव फैलियोस् भन्ने चाहन्थे ।

उनी वेलावेला सोच्थे, कलकत्तामा फैलिएको मुसलमान र हिन्दूबीचको वैमनस्य कसरी समाप्त होला ? कलकत्तामा दुई समुदायबीचको समस्या सामाधान नगरी कुन मुखले नोआखालीमा हिन्दूको रक्षको लागि गुहार माग्न सकुँला ? त्यहाँका जनताले के भन्लान् ? गान्धी त्यहाँका अल्पसंख्यक जनताको रक्षा गर्नु आफ्नो धर्म ठान्दथे । यसका लागि नैतिक रूपमा त्यहाँको जनताको रक्षा र अधिकारको सुरक्षा गर्न सकूँ भन्थे ।

कलकत्तामा बस्नका लागि गान्धीले एउटा यस्तो ठाउँ खोजे, जहाँ समस्याको सामाधान आफँै होस् । एउटा मुस्लिम बेवाको जीर्ण अवस्थामा रहेको ‘हैदरी महल’ उनको लागि उपयुक्त थियो । त्यस इलाकामा हिन्दूहरूको संख्या धेरै थियो । त्यसको नजिकै कमजोर खालको मुसलमानको बस्ती मियाँ बागान थियो, जहाँ लुटपाट र आगजनी भइरहेको थियो । त्यस बस्तीमा कोही कसैको दुःख र पीडा सुन्ने मान्छे थिएन । गान्धी त्यहाँको पीडा नजिकबाट हेर्न चाहन्थे ।

त्यही हैदरी महललाई उनले आफ्नो डेरा बनाउन स्वीकार गरे । यसका लागि उनले सर्त राखे, ‘यो डेरामा सुहरावर्दी पनि साथै रहून्’ सुहरावर्ती भन्ने व्यक्तिले एक वर्ष पहिला आक्रमण गरेर सयाँै हिन्दूलाई मारेका थिए, कैयौँलाई बाँच्न मुस्किल बनाएका थिए, हजारौँलाई घरबारविहीन बनाएका थिए । हिन्दूसँग घृणाको लागि प्रायाश्चित सुहारावर्दीले त्यतिवेला आफ्नो अपराध स्वीकार गरेका थिए । गान्धीको अर्को सर्त थियो, कलकत्ताको मुस्लिमसँग जोडिएका कट्टर नेता नोआखालीलाई पत्र पठाएर त्यहाँका हिन्दूको रक्षाको सुनिश्चितता गर्नू र आफ्ना कार्यकर्तालाई पनि परिचालन गर्नू भन्ने आग्रह गरेका थिए । गान्धीको सर्त पूरा भयो ।

कलकत्ताका जनताले गान्धीलाई आ–आफ्नो विचार सुनाए । तरल हिन्दू महासभामा जोडिएका युवाको आक्रोश भने साम्य भएन । उनीहरूलाई लाग्यो, गान्धी मुसलमानको मित्र हुन् । उनीहरू आक्रोशित हुँदै गान्धीलाई भन्दै थिए, ‘हामी जतिवेला ठूलो समस्यामा थियौँ, हाम्रो ज्यानको सुरक्षा थिएन, त्यतिवेला किन आउनुभएन ?’ त्यहाँ किन जानुहुँदैन आज पनि ? हिन्दूहरू पलायन हुँदैछन्, मर्दैछन् !’ गान्धीले मुसलमानको पक्षमा बोलेको वा उनीहरूलाई नमार भनेको हिन्दू युवाहरूलाई चित्त बुझेको थिएन । उनीहरू गान्धीसँग आक्रोशित बने ।

त्यहाँका जनता गान्धीलाई हिन्दूको शत्रु भन्दै कराइरहेका थिए । ती साधु, जसको रगत हिन्दू थियो, उनको जन्म, संस्कार, जीवनशैली, एवं आस्था पनि हिन्दू नै थियो । त्यसको जवाफमा गान्धी भन्थे, गान्धीलाई हिन्दूको शत्रु भन्ने कुराले मेरो मनमा गहिरो चोट पु¥याउँछ । यो भन्दा बढी म केही भन्दिन ।

गान्धीले १५ अगस्टलाई ‘महान् घटना’ मान्थे र आफ्ना मान्छेलाई उपवास, प्रार्थना र प्रायाश्चित गर्न लगाएर त्यस दिनको स्वागत गर्थे ।
आफ्नो कामले कलकत्तामा गान्धी सफल भए । त्यहाँको वातावरण शान्त र राम्रो बन्न थाल्यो । गान्धीको आदर्शको प्रभाव सैन्य शक्तिभन्दा कम थिएन । त्यसैले त अन्तिम वायसराय एवं पहिलो गर्भनर जनरल माउन्टबेटनले पत्र पठाएर उनलाई बधाई दिएका थिए । उनले गान्धीलाई पठाएको पत्रमा भनिएको थियो, ‘पन्जाबमा ५५ हजार सैनिक छन्, तर पनि हामीले दंगा शान्त पार्न सकेका छैनौँ । बंगालको सेनामा हाम्रो एक जना मात्र व्यक्ति भएर पनि त्यहाँ पूरै शान्ति छ ।’

गान्धी नोआखालीको यात्राबाट केही दिनका लागि समय निकालेर कलकत्तामा बसेका थिए । तर, उनलाई त्यहाँ महिनौँ बस्नुप¥यो । कारण थियो, सहरमा फैलिएको आतंकले पूरै सहर बारुदमय भएको थियो । उनी कलकत्ता शान्त होस् र त्यहाँका जनताले शान्ति पाऊन् भन्ने चाहन्थे ।

गान्धीले बारुदको ज्यालालाई शान्त पार्दै थिए । त्यसलाई उनी निस्तेज पार्दै थिए । त्यहाँको आक्रेश शान्त हुँदै थियो । एक वर्ष पहिलादेखि सुहरावर्दीले आदर्श नागरिक बन्न गरेको प्रतिज्ञा सुनेर जनता आश्चर्यचकित थिए । हिन्दू युवाहरू पनि उनमा आएको बदलव सुनेर चकित थिए । कतिलाई भने विश्वास गर्न कठिन भइरहेको थियो ।

दिल्लीमा गान्धीको आवश्यकता
गान्धीलाई दिल्लीले बोलाइरहेको थियो । खुसीको वातावरण थियो । दिल्लीलाई अब गान्धीको आवश्यकता थियो । कलकत्ताका गान्धीसँग दिल्ली एकपटक फेरि भेट्न चाहन्थ्यो । दिल्ली महात्मा गान्धीको प्रतीक्षामा अधैर्य बनेर बसेको थियो । सेप्टेम्बरको एकाबिहानै गान्धी दिल्ली पुगे । उनी रेलको यात्रामा दिल्ली पुगेका थिए । गान्धीले महसुस गरे कि, सेप्टेम्बरमा यहाँ आफूले देखेको र हेरेको खुसीयाली थिएन । चारैतिर मुर्दाशान्ति देखे उनले । जेजे थिए, सबै औपचारिकतामा मात्र सीमित थिए ।

उनलाई रेल स्टेसनमा लिन सरदार पटेल आएका थिए । उनको अनुहारमा हाँसो हराएको थियो । उनी निकै निराशजस्ता देखिन्थे । जुन सरदार कठिन घडीमा र संघर्षका वेला पनि हँसिला र जुझारु देखिन्थे, त्यो दिन उनको अनुहार मलिन थियो । स्टेसनमा गान्धीका मान्छे धेरै थिएनन् । यसले उनमा चिन्ता बढाएको थियो । स्टेसनबाट कारमा बसेर सरदारले मौनता तोड्दै भने, ‘पछिल्ला पाँच दिनदेखि दंगा भएको छ, दिल्ली मुर्दाको नगरजस्तै बनेको छ ।’

गान्धीलाई उनको रोजाइको वाल्मीकि बस्तीमा नलगेर उनको बसाइँ बिडला भवनमा मिलाइएको थियो । उनलाई लिएर गएको कार त्यहाँ पुुगेको मात्र थियो, प्रधानमन्त्री नेहरू पनि त्यहीँ पुगे । त्यो संयोग थिएन, योजनामा त्यहाँ पुगेका थिए । उनको अनुहारमा पनि कुनै खुसी थिएन । महिनाँैदेखि तनाव बढेको थियो । उनी पूरै निराश भएर गान्धीका सामु उभिएका थिए ।

त्यहाँको वातावरणले उनी रिसले आगो भएका थिए । उनले एकै सासमा भने, ‘बापु, यहाँ लुटपाट, हत्या, कफ्र्यु लागेको छ, सहरमा जताततै दंगा छ, जनजीवन कष्टकर बनेको छ, खाने पिउने केही छैन । पाकिस्तानलाई कसरी भनूँ, यहाँको आफ्नो नागरिकको सुरक्षा छैन भनेर !
शान्ति स्थापनाको लागि सबैतिरबाट प्रयास भइरहेको थियो । सबैले आफ्नो ठाउँबाट प्रयास गरेका थिए । सबै लागिपरेका थिए । गान्धीका मान्छे र सरकार पनि । गान्धीको प्रयास पनि जारी थियो । दैनिक प्रार्थनासभामा गान्धी आफ्ना कुरा भन्थे । उनी आफ्ना भनाइ रेडियोमार्फत पनि भन्थे । तर, त्यो प्रयासले कुनै काम गरिरहेको थिएन ।

पाकिस्तानबाट हिन्दू र सिखका दबाब कम थिएन । उनीहरू रगतको बदला रगत थाहन्थे । यो गान्धीलाई मन परेको थिएन । उनीहरूलाई लागिरहेको थिएन कि, यो मान्छे पाकिस्तानमा दबाब दिइको छ । उनी आफ्नो नागरिकको सुरक्षा चाहिरहेका छन् । त यो पनि उनीहरू बुझिरहेका थिएनन् ।

गान्धी भारतलाई बाचा गर्थे र सबैलाई शान्त रहन भन्थे । यति मात्र होइन, उनी हरेक दिन प्रार्थना गर्थे र नयाँ योजना बनाउँथे । तर, उनी सफल भइरहेका थिएनन् । जनवरीमा निकै चिसो बढेको थियो । गान्धी चाहँदैन थिए, भारत वा पाकिस्तान कसैले पनि आफ्नो विश्वास तोडून् । उनी ५५ करोड रुपैयाँ विश्वासको एक कडी मानिरहेका थिए । भरोसा र बाचा पूरा गर्न र त्यसको रक्षाका लागि उनी कसैको पनि विरोधमा जान तयार थिए, चाहे आफ्नै विरोध किन नहोस् ।

गान्धी त्यही आत्मबललाई आफ्नो नैतिक शक्ति मान्थे । उनको योजनामा निकट भविष्यमा पाकिस्तान जान पनि सहमत थिए । उनी जिन्ना र उनको सरकारलाई त्योभन्दा पर ठान्दैनथे । यही कट्टर मान्छे गान्धीको अनसनमा आत्मशुद्धिको प्रयास देख्दैन थिए । जब दुनियाँमा गान्धीलाई जयकार भन्थे, उनीहरू भने गान्धी मुर्दावाद भन्दै नारा लगाउँथे ।
(बिबिसी हिन्दीको सहयोगमा)

 

प्रतिक्रिया