जहाँ महिलालाई सन्तुष्ट पार्ने तालिम पनि दिइन्छ

नयाँदिल्ली । यदि हामीले फिल्मको कुरा गर्ने हो भने केही समय पहिले एउटा हिन्दी फिल्म आएको थियो । त्यस फिल्मको नाम थियो ‘बिए पास’ । यसलाई धेरै मानिसले मन पनि पराएका थिए । यस फिल्ममा एउटा गरिब केटो पैसा कमाउने लोभमा देह व्यापारको कुलतमा लाग्न पुग्दछ र यसैको सिकार पनि हुन्छ । हामीले महिलाहरूको मात्र देहव्यापारको कुरा सुन्दै तथा पढ्दै आएका छौँ । पुरुषहरू पनि देहव्यापार गर्छन् भन्ने कुरा विरलै थाहा होला । दिल्लीसहित केही ठूला सहरहरूमा पुरुष पनि देहव्यापारमा लागेका कुरा यतिखेर चर्चाको शिखरमा रहेको छ ।

यो व्यापार अहिले धेरै फस्टाउँदै गएको छ । पुरुषहरूको देहव्यापार गर्ने यस ठाउँलाई अहिले ‘जिगोलो मार्र्केट’ नामले चिनिन थालेको छ ।भारतको राजधानी दिल्लीको सरोजनी नगर, लागपत नगर, पालिका मार्केट तथा कमला नगर मार्केट जस्ता कैयौँ ठाउँमा जब रात छिप्पिँदै जान्छ पुरुषको व्यापार सुरु हुन्छ । अर्थात पुरुषहरू वेश्यावृतिका लागि यहाँ जम्मा हुन थाल्दछन् । पुरुषलाई लैजानका लागि अधिकांश महिला तथा युवतीहरू यस ठाउँमा आएर मोलतोलमा लागेका भेटिन्छन् ।

यहाँ जो महिला तथा युवतीहरू आउँछन् प्रायःजसो धनी तथा सभ्य परिवारका नै हुन्छन् । यस्ता बजारमा बेचिने जो पुरुष हुन्छ त्यसलाई ‘जिगोलो’ नामले चिनिन्छ । यस्ता पुरुषको खरिद गर्ने काम यहाँ रहेका कफि पसल, पबजस्ता ठाउँमा हुने गर्दछ । यहाँ त्यस्ता जिगोलोको मोलमोलाइ हुन्छ । एक हजार आठ सयदेखि तीन हजार भारतीय रुपैयाँसम्ममा पुरुषलाई बुकिङ गरिन्छ । यदि कुनै महिलाले कुनै जिगोलोलई रातभर राख्न चाहेका आठ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

तपाईंलाई अनौठो लाग्न सक्छ महिलाको तुलनामा पुरुषको मूल्य धेरै रहेको हुन्छ । यहाँसम्म हुन्छ कि केही महिलाले यी जिगोलोलाई आफ्नो घरमा बोलाउँछन् र बढी रकम पनि दिने गर्दछन् ।  यदि कुनै जिगोलोलाई सहरबाहिर लानुपरेमा बढी रकम तिर्नुपर्ने हुन्छ । पुरुष वेश्या र महिलाको सम्बन्ध समाप्त हुने बित्तिकै एकआपसमा नचिनेको जस्तो गर्नुपर्ने सर्त पनि राखिएको हुन्छ । अहिले भारतमा धेरै यस्ता अर्गनाइजेसन खोलिएको छ जसमा जिगोलोलाई यस्ता कामका लागि तालिम दिने गर्दछ ।

उनीहरूलाई महिलासँग कसरी कुराकानी गर्ने, कसरी उनीहरूलाई सन्तुष्टी पार्नेजस्ता कुरा तालिमका विषयवस्तु हुने गर्दछन् । यहाँसम्मकि समलिंगी पनि जिगोलोको हायर गर्दछन् । यस्ता जिगोलो मध्ये कुनै त धेरै पढेलेखेका पनि हुन्छन् । इन्जिनियरिङ तथा मेडिकल तथा अन्य महत्वपूर्ण कम्पिटिसन परीक्षा तयारी गर्ने विद्यार्थी पनि यस क्षेत्रमा धेरै लागेका भेटिन्छन् । यस्ता जिगोलोलाई चिन्नका लागि ड्रेस कोड राखिएको हुन्छ भने कसैको त घाँटीमा पट्टा तथा रुमालसमेत झुन्ड्याइएको हुन्छ ।

यस्तो कोडको आधारमा जिगोलेको प्राइभेट पार्टको जानकारी महिलालाई दिने गरिन्छ । यसैको आधारमा महिलाहरू पुरुषलाई रकम दिने गर्दछन् । अहिले यो धन्दा दिल्लीको नाम चलेका होटेलमा पनि फस्टाइसकेको छ । जब तपाईं यसको बारेमा जान्नुहुनेछ अनि पक्कै भन्नु पनि हुनेछ कि भारतको असली सभ्यता लोप हुँदै गएछ अब मात्र असभ्यता जीवनको वास्तविक सत्य बनिसकेछ ।

प्रतिक्रिया