शान्तिपुरमा प्रभुको शाखा

काठमाडौं, ८ माघ । प्रभु बैंक लिमिटेडले गुल्मीको चन्द्रकोट गाउँपालिका–३ शान्तिपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

सो शाखाबाट स्थानीय सर्वसाधारणहरू, फार्म, कम्पनी तथा संघसंस्थाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ सेवा दिने बैंकले जनाएको छ ।

साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने बैंकले दाबी गरेको छ ।

प्रतिक्रिया