पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ

ताप्लेजुङ, २७ पुस । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।

स्नातकोत्तर तहको सम्बन्धन लिई पठनपाठन सञ्चालन गर्न र क्याम्पसको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक आर्थिक रकम जुटाउन महायज्ञ आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ ।

ख्यातिप्राप्त विद्वान एवं प्राज्ञको वाचकत्वमा क्याम्पस परिसरमा सञ्चालन हुने उक्त महायज्ञ आगामी माघ २४ देखि फागुन १ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख मोहनकुमार राईले बताए ।

महायज्ञबाट रु तीन करोडभन्दा बढी रकम संकलन हुने आङ्कलन गरिएको छ । महायज्ञ सञ्चालन गर्नका लागि एक समिति गठन गरिएको छ भने अन्य तयारीसमेत भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिए ।

प्रतिक्रिया