रुपन्देही देवदहमा गोली हानी व्यवसायीको हत्या

काठमाडौं, २१ पुस । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको बताइएकाे छ । अज्ञात समूहले स्थानीय बलु नामले चिनिने बसन्त पौडेलमाथि मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।

पौडेलको टाउकोमा गोली लागेको थियो ।  उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक फर्निचर व्यवसायी हुन् ।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।

 

प्रतिक्रिया