घिमिरेलाई विद्यावारिधी

काठमाडौँ, १८ पुस । अनुसन्धानकर्ता मायानाथ घिमिरेले भारतको राजस्थानस्थित मेवार विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि पाएका छन् ।

‘चितवन र मकवानपुर जिल्लाका तीन वर्षदेखि पाँच वर्षसम्मका चेपाङ बालबालिकामा पोषणको अवस्था’ विषयमा घिमिरेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधी उपाधि पाएका हुन् ।

उनले सन् २०१३ देखि २०१७ सम्म चार वर्ष लगाएर उक्त क्षेत्रको एक हजार २५० बालबालिकाको पोषणको अवस्थाबारे अध्ययन अनुुसन्धान गरी उक्त शोध तयार गरेका थिए । घिमिरेले यही शनिबार भारतको मेवार विश्वविद्यालयबाट उक्त उपाधि लिएका हुन् ।

लमजुङ बेँसीशहरका घिमिरेले सो अध्ययनभित्र बालबालिकाको बाबुआमाको आयस्तर तथा सामाजिक चालचलनले कस्तो प्रभाव पर्दछ भन्नेमा समेत अध्ययन गरेका थिए । उनका अमेरिकी, भारतीय र नेपाली विभिन्न जर्नलमा समेत लेखहरु प्रकाशित छन् ।

प्रतिक्रिया